|

ताप्लेजुङमा तेस्रो मेयर कप तथा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ३२ । ताप्लेजुङमा बिहीबारबाट तेस्रो मेयर कप तथा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सोलुखुम्बु,ओखलढुङ्गा,खोटाङ र इलाम बाहेक कोशी प्रदेशका १० जिल्लाका खेलाडी सहभागी प्रतियोगिताको फुङलिङ नगरप्रमुख अमिर मादेनले शुभारम्भ गर्नुभयो ।

आयोजक जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघकका अनुसार असार २ गते सम्म चल्ने खेल ५ बिधामा खेलाईने छ । मिक्स डबल्स,मेन्स डबल सिनियर र जुनियर,कर्मचारी डबल्स र भेट्रान्स डबल्सका खेलहरु हुने भएका छन् । सिंघकका अनुसार मिक्स डबल्स,मेन्स डबल्स(जुनियर) र कर्मचारी डबल्सतर्फ ताप्लेजुङ जिल्ला स्तरीय र भेट्रान्स डबल्स र मेन्स डबल्सतर्फ भने प्रदेश स्तरीय खेल हुने छ ।

प्रतियोगिता अन्र्तगत मिक्स डबल्सतर्फ प्रथम हुनेले नगद १५ हजार र द्धितीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै मेन्स डबल्स(जुनियर)तर्फ प्रथम हुनेले नगद २० हजार र द्धितीय हुनेले नगद १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै कर्मचारी डबलस्तर्फ प्रथम हुनेले नगद १५ हजार रुपैयाँ पाउँदा द्धितीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । यता प्रदेशीय स्तरीय हुने भेट्रान्स डबल्सतर्फ प्रथम हुनेले नगद २५ हजार र द्धितीय हुनेले १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । मेन्स डबल्स(सिनियर)तर्फ प्रथम हुनेले नगद ३० हजार र द्धितीय हुनेले नगद २० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।

फुङलिङ नगरपालिका र नगरपालिकाका रहेका ११ वटै वडा कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा यहाँका ८ वटा गाउँपालिका प्रायोजकको भूमिकामा रहेको आयोजक ताप्लेजुङ ब्याडमिन्टन संघका अध्यक्ष सिंघकले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts