जोकोभिचलाई उपाधि

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),भदौ १५ । विश्व नम्बर एक नोभाक जोकोभिचले शनिबार एटिपी वेस्टर्न एन्ड साउथर्न ओपनको उपाधि उचाल्दै सोमबारदेखि सुरु हुने ग्रान्ड स्लाममा पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । एक सेटमा पछि परेको स्थिति उल्टाउँदै जोकोभिचले क्यानडाका मिलोस राओनिचमाथि जित निकालेसँगै युएस ओपनमा पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । बिल्ली जिन किङ नेसनल टेनिस सेन्टरमा भएको फाइनलमा जोकोभिचले रोओनिचमाथि १–६, ६–३ र ६–४ को जित निकालेका थिए, सोही मैदानमा कोरोना भाइरस महामारीपश्चात् पहिलो पटक हुन लागेको ग्रान्ड स्लाम युएस ओपन सञ्चालन हुनेछ । ३३ वर्षे सर्बियन स्टार जोकोभिचले करियरको ८०औं उपाधि उचाल्दै युएस ओपन पनि यादगार बनाउने संकेत गरेका छन् । (नागरिक दैनिकबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts