पूर्ण खोप सुनिश्चिता,दिगोपना र सफाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न आठराई त्रिबेणीमा ९ बुँदे प्रतिबद्धता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका जनप्रतिनिधिसहितका सरोकारवालाले प्रत्येक बर्ष नियमित बार्षिक कार्यक्रममा समावेश गरी पूर्ण खोप सुनिश्चिता,दिगोपना र सफाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने सहितका ९ बुँदे प्रतिबद्धता जनाएका छन् ।

शनिवार आयोजित कार्यक्रममार्फत स्थानीय सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),उपाध्यक्ष शान्ताकुमारी आङ्वुहाङ,प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराई सहितका पालिकाका सवै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,गाउँसभा सदस्य र अन्य सरोकारवालाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नु भएको छ । जस अनुसार प्रत्येक बर्ष माघ,फागुन र चैत महिना भित्र स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा घरधुरी सर्बेक्षण गरी १६ महिना देखि २३ महिना भित्रका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चिता कायम गर्ने,खोपको पहुँच बढाई खोप लगाउन छुटेका बच्चाहरुलाई पूर्ण खोप सुनिश्चित गर्न हरेक बर्षको बैशाख महिनालाई खोज र खोप अभियानमा केन्द्रित गर्ने र नियमित खोप सेवामार्फत सरसफाई प्रवद्र्धन कार्यक्रमको निरन्तरताको लागि चाहिने सामाग्री स्थानीय तहबाट उपलब्ध गराई खोप सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त भएको छ ।

यस्तै नियमित खोप कार्यक्रमको सुद्रिढीकरणसंगै सफाई प्रवद्र्धन कार्यक्रम तथा पूर्ण खोप सुनिश्तिता दिगोपनाका लागि हरेक बर्ष गाउँपालिका वडा पालिकाले अनुगमन गरी असार महिना भित्र अनुगमन गरी प्रमाणीकरण गर्ने र वडापालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता कायम गर्ने,खोपको गुणस्तरीयता कायम गर्न खोप भण्डारणका लागि चाहिने रेफ्रिजेनेटर र फ्रिजर नभएका क्षेत्रमा माथिल्लो निकायसंग समन्वय गरी यि उपकरणको प्रवन्ध क्रमशःगर्दै लैजाने,बाह्य खोप केन्द्र नभएका स्थानमा खोप भवन निर्माणका लागि स्थानीय तहले प्रकृया बढाउँदै लैजाने,नियमित खोप कार्यक्रमको तथ्याङ्कलाई कम्तिमा चौमासिक रुपमा पुनरावलोकन र अद्यावधिक गर्दै लैजाने र नियमित खोप कार्यक्रमको सुद्रिढीकरण,सरसफाई प्रवद्र्धन र पूर्णखोप दिगोपनाका लागि स्थानीय सञ्चारमाध्यम(रेडियो,पत्रपत्रिका)बाट उल्लेखित कार्यक्रमसंग सम्वन्धित सूचना र सन्देशलाई नियमित रुपमा प्रकाशन र प्रसारण गर्ने प्रतिबद्धता स्थानीय सरोकारवालाले व्यक्त गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts