संघीय र प्रदेश सरकारले झैं ताप्लेजुङको मैवाखोलाले बजेट अघि नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २७ । संघीय र प्रदेश सरकारकोझैं ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बजेट अघिनै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

मैवाखोलाले नीति तथा कार्यक्रम पारित भएपछि मात्रै बजेट ल्याउने तयारी गरेको पालिका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिनुभयो । सोहि अनुसार जेठ २८ गते आईतवार मैवाखोलाले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको उनले जानकारी दिए ।‘गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेपछि मात्र बजेट ल्याइने छ’उहाँले भन्नुभयो । उहाँका अनुसार मैवाखोलाले असार ९ गते आगामी आर्थिक बर्ष २०८०।८१ को बजेट ल्याउने गरी तयारी गरेको छ ।

सामान्यतया स्थानीय तहले नीति,कार्यक्रम र बजेट एकैदिन ल्याउने गर्छन् । अघिल्लो बर्ष भने मैवाखोलाले असार ९ गते नै नीति,कार्यक्रम र बजेट ल्याएको थियो । पालिका अध्यक्ष वनेमले यसबर्ष नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याईने बताए । स्थानीय तहको नीति तथा कार्यक्रम पालिका प्रमुख÷अध्यक्षले र बजेट पालिका उपप्रमुख÷उपाध्यक्षले ल्याउने प्रचलन रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts