ताप्लेजुङको फुङलिङ नगरपालिकामा वडा नं ९ हाङदेवास्थित भोटेगाउँमा गलैंचा बनाउने तालिम

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख ७ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा वडा नं ९ हाङदेवास्थित भोटेगाउँमा गलैंचा बनाउने एक महिने तालिम सुरु भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले गलैंचा बनाउने तालिमको उद्घाटन गर्दै तालिमपछि आफैं उद्यम सृजनामा केन्द्रित भए आर्थिक हिसावले आत्मनिर्भर बन्ने बाटो खुल्ने बताउनुभयो । उहाँले बजारीकरणका लागि आफुहरुले पहलकदमी लिने समेत बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइले पछिल्लो समय घरेलु तथा साना उद्योगमार्फत मानिसहरुको आर्थिक जीवनमा सुधार आउन थालेको बताउँदै सीपलाई व्यवहारमा प्रयोग गर्नेगरी तालिमलाई उपयोगी बनाउन आग्रह गर्नुभयो । फुङलिङ नगर कार्यपालिका सदस्य पाल्देन शेर्पाले तालिमलाई जीवन उपयोगी बनाउन सहभागीलाई आग्रह गर्नु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले उद्यम सृजना अघि सीप हासिल गर्नु अनिवार्य जस्तै भएको बताउँदै तर सीपको उच्चतम् उपयोगले मात्र आर्थिक उर्पाजन सम्भव हुने बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख घोर्साइका अनुसार तालिममा १२ जना जना सहभागी छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts