| |

सामुदायिक वनको पालिकास्तरीय समिति चयन तीव्र

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २० । ताप्लेजुङका स्थानीय तहरुमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको पालिकास्तरीय समिति चयनको क्रमलाई तीव्र पारिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्र, प्रदेश र जिल्लाको अधिवेशन नजिकिएसँगै पालिकास्तरमा अधिवेशनमार्फत नयाँ समिचि चयनको क्रमलाई तीव्र पारिएको हो ।
पालिकास्तरीय समिति चयनका क्रममा सोमबार पाथीभरा याङ्वरक गाउँपालिकामा महासंघको नयाँ समिति चयन गरिएको छ । महासंघको दोस्रो पालिकास्तरीय अधिवेशनबाट शिव अधिकारी अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा सीता राई, सचिवमा वियज डाँगी र कोषाध्यक्षमा टोमादेवी अधिकारी रहनुभएको छ ।
यस्तै मिक्वाखोला गाउँपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासंघ नेपालको दोस्रो अधिवेशनले विजय साँबा लिम्बूलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै फक्ताङ्लुङ गाउँपालिकामा मानबहादुर कार्की, मैवाखोला गाउँपालिकामा पेम्बा शेर्पा र आठराई त्रिबेणी गाउँपालिकामा अशोक तामाङ पालिकास्तरीय समितिको अध्यक्षमा चयन हुनुभएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघका अध्यक्ष सुरज ओेझाले जानकारी दिनुभयो ।
अध्यक्ष ओझाका अनुसार जिल्लाका बाँकी स्थानीय तहअन्तर्गत फुङ्लिङ नगरपालिका, मेरिङ्देन गाउँपालिका, सिदिङ्वा गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा यही चैत २५ गतेभित्र पालिकास्तरीय अधिवेशनहरु सम्पन्न हुने छन् । महासंघको जिल्ला अधिवेशन भने आगामी बैशाख ७ गतेका लागि मिति तय भएको पनि ओझाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts