आउँदो चैत १७ बाट हुने एसईई परीक्षाका लागि ताप्लेजुङमा १६ केन्द्र निर्धारण,२ हजार १ सय २१ जना परीक्षार्थी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २४ । आउँदो चैत १७ गते हुने माध्यमिक शिक्षा परीक्षा(एसईई)का लागि ताप्लेजुङमा १६ वटा केन्द्र निर्धारण भएको छ । जिल्ला परीक्षा समन्वय समितिको बैठकले १६ वटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यसबर्ष हुने एसईई परीक्षामा ताप्लेजुङबाट २ हजार १ सय २१ ज्ना परीक्षार्थीले परीक्षा लेख्ने भएका छन् । ति मध्ये नियमिततर्फका १ हजार ९ सय ५२,ग्रेडबृद्धितर्फका ६६ र प्राविधिकधारतर्फका १ सय ३ जना परीक्षार्थी रहेको समेत भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार सबैभन्दा बढी परीक्षार्थी वाल सुबोधिनी संस्कृत माध्यमिक बिद्यालय मेदिबुङमा र सबैभन्दा कम परीक्षार्थी गणेश माध्यमिक खेवाङमा हुने भएका छन् । भानुजन माध्यमिक बिद्यालय फुङलिङमा २ सय २९ जना,सिवाँ माध्यमिक बिद्यालय लिङखिममा १ सय ३८ जना,युवाबर्ष माध्यमिक बिद्यालय कैंजलेमा २ सय २२ जना,वाल सुबोधिनी संस्कृत माध्यमिक बिद्यालय मेदिबुङमा २ सय ५३ जना र जनता माध्यमिक बिद्यालय हाङदेवामा ९५ जना परीक्षार्थी रहने भएका छन् । यस्तै मोति माध्यमिक बिद्यालय खोक्लिङमा १ सय ३२ जना,त्रिभुवन माध्यमिक बिद्यालय थुकिमामा १ सय ८ जना र सिनाम माध्यमिक बिद्यालयमा १ सय ५२ जना परीक्षार्थी रहने भएका छन् । त्यसैगरी थेचम्बु माध्यमिक बिद्यालय थेचम्बुमा १ सय १७ जना,तेल्लोक माध्यमिक बिद्यालय तेल्लोकमा १ सय ३४ जना,गणेश माध्यमिक बिद्यालय खेवाङमा ६८ जना,भञ्ज्याङ माध्यमिक बिद्यालय लिम्बूदिनमा १ सय ३ जना,मैवाखोला माध्यमिक बिद्यालय ढुङगेसाँघुमा १ सय ७५ जना,सरस्वती माध्यमिक बिद्यालय हाङ्पाङमा १ सय ५६ जना,सिद्धकाली माध्यमिक बिद्यालय दोखुमा १ सय ३ जना र दुर्गा माध्यमिक बिद्यालय फुलवारीमा १ सय ४ जना परीक्षार्थी रहने शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts