एसईई परीक्षाका लागि ताप्लेजुङमा तोकिए १६ जना केन्द्राध्यक्ष

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ११ । यहिँ चैत १७ गते देखिहुने माध्यमिक शिक्षा परीक्षा(एसईई)का लागि ताप्लेजुङमा निर्धारण भएका १६ वटा केन्द्रमा केन्द्राध्यक्ष चयन हुनु भएको छ ।

जिल्ला परीक्षा समन्वय समितिको बैठकले एक महिला सहित १६ जना केन्द्राध्यक्ष चयन गरेको शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार युवाबर्ष मावि कैंजलेमा चन्द्रमणि पौडेल,भानुजन मावि अम्बिटारमा किशोरकुमार राई,जनता मावि हाङदेवामा शरदराज निरौला,बाल सुबोधिनी संस्कृत मावि मेदिबुङमा युवराज बस्नेत,सिद्धकाली मावि दोखुमा अमर राई,थेचम्बु मावि थेचम्बुमा देउकुमार सुब्बा केन्द्राध्यक्ष चयन हुनु भएको छ ।

यस्तै सिनाम मावि सिनाममा महेन्द्रप्रकाश गौतम,तेल्लोक मावि तेल्लोकमा रुकमान थेबे,गणेश मावि खेवाङमा रामकुमार लिम्बू,भञ्ज्याङ मावि लिम्बूदिनमा राजेन्द्र इदिङ्गो,दुर्गा मावि फुलवारीमा कुलप्रसाद भट्टराई,सरस्वती मावि हाङ्पाङमा बिपना भण्डारी,मोति मावि खोक्लिङमा केबुहाङ लिम्बू,त्रिभुवन मावि थुकिमामा कमल चेम्जोङ लिम्बू,मैवाखोला मावि तेम्बेमा भक्तबहादुर लिम्बू र सिँवा मावि लिङखिममा ओमनाथ गौतम केन्द्राध्यक्ष चयन हुनु भएको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।

यसबर्ष हुने एसईई परीक्षामा ताप्लेजुङबाट २ हजार १ सय २१ जना परीक्षार्थीले परीक्षा लेख्दै छन् । ति मध्ये नियमिततर्फका १ हजार ९ सय ५२,ग्रेडबृद्धितर्फका ६६ र प्राविधिधारतर्फका १ सय ३ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार सबैभन्दा बढी परीक्षार्थी वाल सुबोधिनी संस्कृत माध्यमिक बिद्यालय मेदिबुङमा २ सय ५३ जना र सबैभन्दा कम परीक्षार्थी गणेश माध्यमिक खेवाङमा ६८ जना हुने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts