ताप्लेजुङको नाखोल्याङका घरधुरीको न्यूनतम् बिद्युत महशुल वडापालिकाले तिरिदिने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन १० । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङले वडाभरीका सबै घरधुरीको आउँदो असार मसान्त सम्मको न्यूनतम् बिद्युत महशुल तिरीदिने भएको छ । २०७९ साल पुस महिना देखि २०८० साल असार मसान्त सम्मको न्यूनतम् बिद्युत महशुल वडापालिकाले तिरीदिने गरी नेपाल बिद्युत प्राधिकरणको बिद्युत बितरण केन्द्र ताप्लेजुङसंग सम्झौता भएको छ । वडाध्यक्ष दिलकुमार सुनुवारका अनुसार वडापालिकाले वडाभित्रका प्रत्येक घरधुरीको न्यूनतम् महशुल शुल्क बापत प्रतिमहिना १ सय रुपैयाँका दरले बिद्युत बितरण केन्द्र ताप्लेजुङलाई भुक्तानी गर्ने भएको छ । प्रतिमहिना एकसय रुपैयाँ भन्दा माथि उठेको बिद्युत महशुल भने सम्वन्धित ग्राहक आफैंले तिर्नुपर्ने भएको छ । वडाध्यक्ष सुनवारका अनुसार वडाभित्रमा अहिले बिजुली उपभोग गर्ने ८ सय ७ घरपरिवार रहेका छन् । यसअघि आठराई त्रिबेणी गाउँपालिकाले व्यवसायिक प्रयोजनका बाहेक अन्य सर्बसाधारण पालिकाभरीका सबै घरधुरीको न्यूनतम् बिद्युत महशुल पालिका आफैंले तिरिदिदैं आएको जनाएको छ ।
फोटो ः वडा भित्रका सबै घरधुरीको न्यूनतम् बिद्युत महशुल भुक्तानी गर्ने सम्झौतापत्रका साथ नाङखोल्याङका जनप्रतिनिधि ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts