सेना दिवसको अवसरमा भीमकाली गुल्मद्धारा प्रभातफेरी र सलामी अर्पण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ६ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा ताप्लेजुङस्थित भीमकाली गुल्मले प्रभातफेरी तथा सलामी अर्पण गरेको छ । भीमकाली गुल्मको प्रांगणबाट निस्किएको नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी र राष्ट्रिय सेवा दल(एनसिसी)मा आवद्ध बिद्यार्थी सहित सुरक्षा निकायका प्रमुख सहभागी टोली सिद्धिडाँडास्थित चण्डेश्वर महादेव धाममा पुगेको थियो । चण्डेश्वर महादेव धाममा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको हो । एनसिसीको तालिम लिएका फुङलिङस्थित लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुल,जनता मावि हाङ्देवा र युवा बर्ष मावि कैंजलेका एनसिसी तालिमप्राप्त बिद्यार्थी सहभागी भएका थिए । साविकका बर्षहरुमा यो बेला पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने गरेको थियो । यसबर्ष असोज ११ गतेबाट यहाँ ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव सम्पन्न भईसकेकोले यो बर्ष नेपाली सेनाको औपचारिक कार्यक्रम मात्र रहेको भीमकाली गुल्मका सहसेनानी गणेशबहादुर पराजुलीले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ,जिल्ला प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक राजन लिम्बू,सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापा,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाँई सहितको सहभागिता रहेको थियो । यसैबीच महाशिवरात्री तथा सेना दिवसको अवसरमा प्रदान गरिने प्रधानसेनापति सम्मान अन्तरगत यसबर्ष ७ वटा संस्थालाई प्रदान गरिने सम्मानमा ताप्लेजुङमा ३ वटा संस्था परेका छन् । यसर्ष संस्थागत बिधातर्फ ७ वटा संस्थालाई पुरस्कृत गर्न लागिएकोमा ताप्लेजुङका पाथीभरा क्षेत्र विकास समिति,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार महाशिवरात्री तथा सेना दिवस २०७९ को अवसरमा प्रधानसेनापति सम्मान अन्तरगत गोरखा नगरपालिका,भोटेकोशी गाउँपालिका,कोशी टप्पु आरक्ष अन्तरगत मध्यवर्ती क्षेत्र र राष्ट्रिय आबिष्कार केन्द्रलाई सम्मान गरिएको हो । उल्लेखित संस्थाहरुले सामाजिक क्षेत्रमा पु¥याएको बिशिष्ट योगदानको कदर स्वरुप महाशिवरात्री तथा सेना दिवस २०७९ को सम्मान गर्ने निर्णय भएको सेनाका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts