| |

प्रेस सेन्टर नेपाल ताप्लेजुङद्वारा शैक्षिक सामग्री वितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १५ । ताप्लेजुङमा प्रेस सेन्टर नेपाल जिल्ला शाखाले अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार संगठनको १९ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखाले अपाङ्गता (फरक क्षमता) भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष जीवन कालिकोटेका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–४ को बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव चन्द्र पन्दाक (प्रयास) को उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको कालिकोटेले बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम, बालमन्दिर आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण पौडेल, नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्वअध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी, प्रेस सेन्टर नेपाल प्रदेश १ की सदस्य अनिता पन्दाक, बालमन्दिर आविका विषय शिक्षक हाङमाया लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
संगठनको स्थापना दिवसको अवसरमा वितरित शैक्षिक सामग्रीले अपाङ्गता भएका विद्यार्थीको पढाइमा सहयोग पुग्ने विश्वास राखिएको प्रेस सेन्टर नेपाल जिल्ला शाखाका सचिव दिलकुमार लिम्बूले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts