|

ताप्लेजुङको थेचम्बुमा महिला मृत फेला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ११ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुमा शुक्रबार एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार थेचम्बु श्यामचौकका राजकुमार माबोकी श्रीमती ४७ वर्षीया निर्मला इजम लिम्बू मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार शुक्रबार बिहान आफ्नै घरको आँगनमा लिम्बू मृत फेला परेकी हुन् । उहाँको मृत्युको कारण नखुलेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाको मुचुल्का (विवरण) उठाई शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ पु¥याएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts