| |

नेपाल शेर्पा संघ ताप्लेजुङ अध्यक्षमा पासङारिता चयन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ३० । नेपाल शेर्पा संघ ताप्लेजुङको अध्यक्षमा पासाङरिता शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा दादोर्छे शेर्पा, सचिव फुर्वा शेर्पा, सह–सचिव बिमल शेर्पा, कोषाध्यक्ष अर्जुन शेर्पा र सह–कोषाध्यक्षमा निमतेन्जी शेर्पा चयन हुनुभएको छ । ओङ्दी शेर्पा, मिङ्मा खाङ्दु शेर्पा, शङ्कर शेर्पा, ओङ्दी नावा शेर्पा, मिङ्मादिकी शेर्पा कार्यसमितिको सदस्य रहनुभएको छ ।
शेर्पा समुदायको जातीय संस्थाको रुपमा रहेको संघले संस्कार–सस्कृति तथा मौलिक परम्परालाई संरक्षण, प्रवर्द्धन गर्ने लगायतका क्रियाकलाप गर्दै आइरहेको छ । यता संघको अधिवेशनका अवसरमा गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित शेर्पा जनप्रतिनिधिलाई सम्मानसमेत गरेको जनाइएको छ । कार्यसमिति कार्यकाल भने तीन वर्षको हुने संघले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts