असहयोगका कार्यक्रम फिर्ता लिन पाथीभरा महोत्सव मूल आयोजक समितिद्धारा मुकुम्लुङ संघर्ष समितिलाई अपिल

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ८ । ताप्लेजुङमा हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव मूल आयोजक समिति र पाथीभरा क्षेत्र विकास समितिले धार्मिक पर्यटन प्रवद्र्धनको मूल उद्धेश्यका साथ महोत्सव आयोजना भएको भन्दै असहयोगका कार्यक्रम फिर्ता लिन मुकुम्लुङ संघर्ष समितिलाई आग्रह गरेका छन् ।

मूल आयोजक समितिका संयोजक एवम् पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरे तथा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै असन्तुष्टीका बाबजुद महोत्सवलाई आफ्नो जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने एक अवसरको रुपमा लिएर सहयोग गर्न आग्रह गर्नु भएको छ । आगामी दिनमा साझा धारणा बनाउने प्रकृयामा छलफल गर्न तयार रहेको सन्देश दिदैं उहाँहरुले अन्य पक्षले आयोजना गर्ने यस्ता महोत्सवमा सहयोग गर्न प्रतिवद्ध रहेको समेत दोहो¥याउनु भएको छ । पाथीभरा महोत्सवको नामलाई लिएर असन्तुष्ट पक्षले नाम परिवर्तन नगरे महोत्सवको गतिविधिमा असहयोग हुने क्रियाकलाप गर्ने कुरा बाहिर आएको भन्दै महोत्सव मूल आयोजक समिति र पाथीभरा क्षेत्र विकास समितिले असहयोगका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।

पाथीभराको नाम मुकुम्लुङ हुनुपर्ने सहितका माग राख्दै आएको असन्तुष्ट पक्षले पाथीभरा महोत्सवको नाम पनि मुकुम्लुङ महोत्सव हुनुपर्ने माग राख्दै आएको छ । पाथीभराको नाम परिवर्तनको मुद्दा सर्बोच्च अदालतमा बिचराधिन अवस्थामा रहेको अवस्थामा अदालतको अन्तिम फैसला मान्य हुने कुरामा दुईमत नरहेको उनीहरुले विज्ञप्तिमा भनेका छन् । विश्व बिख्यात धार्मिक स्थल पाथीभराको नाम फेर्ने बिषय स्थानीय क्षेत्रको अधिकार बाहिरको बिषय भएको मनन् गर्दै पर्यटक आवगमनको बिशेष समय समेत भएको यो बेला आयोजित महोत्सव सफल बनाउने कुरामा सहयोग गर्न समेत विज्ञप्तिमार्फत अपिल गरिएको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले सहमतिका क्रममा भएका प्रयास र पहल बारे समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts