‘सफा हिमाल अभियान’मा सहयोग र सहकार्य गर्ने फक्ताङलुङ सहितका पालिकालाई सेनाले दियो प्रशंसापत्र

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २३ । ‘सफा हिमाल अभियान’मा सहयोग र सहकार्य गर्ने पालिकाहरुलाई नेपाली सेनाले प्रशंसापत्र प्रदान गरेको छ ।

अभियान अन्तरगत नेपाली सेनाले कञ्चनजंघा हिमालको आधार शिविर तथा माथिल्लो शिविरबाट संकलन गरेको करिव साढे १५ क्विन्टल मध्ये सड्ने र कुहिने प्रकृतिको ३ हजार १७ किलोग्राम फोहोर फक्ताङलुङ गाउँपालिकाबाट व्यवस्थापन गरिएको थियो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मामार्फत यहाँ पठाइएको प्रशंसापत्र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङलाई बिहीबार नेपाली सेनाको यहाँस्थित भीमकाली गुुल्मका गुल्मपति अदित श्रेष्ठले हस्तान्तरण गर्नुभयो । नेपाली सेनाले ‘सफा हिमाल अभियान, २०२२’ अन्तर्गत कञ्चनजंघा सहितका ४ वटा हिमालबाट ३० हजार ३ सय ४४ किलोग्राम फोहोर संकलन गरेको थियो । सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, कञ्चनजंघा ल्होत्से, र मनास्लु हिमालबाट उक्त मात्रामा फोहोर संकलन गरेको थियो । कञ्चनजंघा हिमालको आधार शिविर तथा माथिल्लो शिविरबाटमात्रै कूल १५ हजार ३ सय ७३ किलोग्राम फोहोर संकलन भएको थियो ।

उक्त अभियानकै क्रममा कञ्चनजंघा आधार शिविरमा रहेको पहिचान नखुलेको २ वटा मानव अस्थिपञ्जर भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बुझाएको थियो । प्रहरीले अस्थिपञ्जरको सनाखतका लागि सार्वजनिक आवहन गरेपनि कोहिकसैको दावी परेन । अभियान अन्तरगत क्याम्पिङ लिडर नेपाली सेनाका सेनानी समिरबहादुर बस्नेत र बेस क्याम्प म्यानेजर सेनानी मुरारी सापकोटा हुनुहुन्थ्यो । सफा हिमाल अभियान अन्र्तगत नेपाली सेनाकातर्फबाट राजदल गणमा कार्यरत सहसेनानी राजु श्रेष्ठ र सैनिक उच्च शिखर शिक्षालयमा कार्यरत अमित थापाले ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको सफल आरोहण गर्नु भएको थियो । यस्तै शेर्पाहरुकोतर्फबाट सोलुखुम्बु कुरिमाका छिरिङजाङ्वु शेर्पा, खुम्जुङका निमाछिरिङ शेर्पा, सोताङका छेवाङ शेर्पा र संखुवासभाका फुर्वा शेर्पाले सफाइ अभियानका क्रममा हिमालको आरोहण गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts