|

आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले गत आवमा साढे १४ हजार बढीलाई दियो सेवा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ११ । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले आर्थिक बर्ष २०७८।०७९ मा साढे १४ हजार बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।

आयुर्बेद सेवा प्रवाह सम्वन्धी बार्षिक समिक्षा गर्दै जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले गत आर्थिक बर्षमा १४ हजार ५ सय ९४ जनालाई सेवा प्रदान गरेको जनाएको छ । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर गम्भीर झाका अनुसार सदरमुकाम फुङलिङमा रहेको आयुर्बेदिक स्वास्थ्य केन्द्रले ५ हजार ६ सय ७७ जनालाई सेवा प्रदान गरेको छ । यस्तै नागरिक आरोग्य सेवा केन्द्रमार्फत ४ हजार १ सय ७९ जनालाई सेवा प्रदान भएको छ । पाथीभरा याङ्वरक गाउँपालिका,सिदिङ्वा गाउँपालिका,मिक्वाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाका केन्द्रहरुमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् । मेरिङ्देन गाउँपालिकाको खाम्लुङमा रहेको खाम्लुङ आयुर्बेद औषधालयबाट ३ हजार ५० जनालाई र मैवाखोला गाउँपालिकाको केन्द्र साँघुपाटीमा रहेको साँघु आयुर्बेद औषधालयबाट १ हजार ८ सय ६८ जनालाई सेवा प्रदान भएको समेत झाले जानकारी दिनुभयो ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले जेष्ठ नागरिक,स्तनपायी आमा,पञ्चकर्म सेवा अन्र्तगत पूर्वकर्म र प्रधानकर्म सेवा र ल्याव सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ । नागरिक आरोग्य सेवा प्रदान गर्ने स्थान र शिविरको रुपमा गाउँघर क्लिनिकमार्फत पनि सेवा प्रदान भइरहेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले जनाएको छ । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर झाले आयुर्बेद चिकित्सा प्रणालीप्रति जनआकर्षण बढ्दो भएपनि सरकारले लगानीका दाहेरा खुम्च्याएको भन्दै दुखेसो गर्नुभयो । उहाँले लगानी बृद्धि गरी आयुर्बेद चिकित्सा प्रणालीलाई थप गणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

Similar Posts