स्थानीय तहको निर्वाचन पछि करिव एकहजार मतदाता थपिँदा फुङलिङमा मात्रै थपिए झण्डै आधा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ८ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको क्रममा गत स्थानीय तहको निर्वाचन पछि ताप्लेजुङमा सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा थपिएका छन् ।

९ सय ६० नयाँ मतदाता थपिँदा फुङलिङमा ४ सय १८ जना थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार फुङलिङमा अहिले १७ हजार ६ सय २० जना मतदाता भएका छन् । स्थानीय तहको निर्वाचनमा १७ हजार २ सय २ मतदाता थिए । फक्ताङलुङ गाउँपालिकामा १ सय २६ जना मतदाता थपिएका छन् । अहिले त्यहाँको मतदाता संख्या ९ हजार १६ पुगेको छ । स्थानीय तहको निर्वाचनमा त्यहाँ ८ हजार ८ सय ९० मतदाता रहेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार सिरिजंगा गाउँपालिकामा ६२ जना र सिदिङ्वा गाउँपालिकामा ५३ जना मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा सिरिजंगामा ११ हजार ६ सय ५९ मतदाता थिए भने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि ११ हजार ७ सय २१ मतदाता कायम भएका छन् । स्थानीय तहको निर्वाचनमा सिदिङ्वामा ८ हजार ८ सय ७८ मतदाता रहेकोमा अहिले बढेर ८ हजार ९ सय ३१ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै पाथीभरा याङ्वरक गाउँपालिकामा ४७ जना र मैवाखोला गाउँपालिकामा ५८ जना मतदाता थपिएका छन् । पाथीभरा याङ्वरकमा स्थानीय तहको निर्वाचनका बेला ९ हजार ९ सय ४१ मतदाता थिए भने अहिले बढेर ९ हजार ९ सय ८८ कायम भएको छ । मैवाखोला गाउँपालिकामा भने ७ हजार ७ सय ९७ बाट बढेर ७ हजार ८ सय ५५ जना मतदाता भएका छन् । मिक्वाखोला गाउँपालिकामा ४७ जना र आठराई त्रिबेणी गाउँपालिकामा ७२ जना मतदाता थपिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा मिक्वाखोलामा ६ हजार ९ सय ६७ जना मतदाता रहेका थिए । अहिले बढेर त्यो संख्या ७ हजार १४ पुगेको छ । आठराइ त्रिबेणीमा यसअघि ९ हजार ७ सय ४३ मतदाता रहेकोमा अहिले बढेर ९ हजार ८ सय १५ पुगेको छ । मतदाता नामावली अद्यावधिक(त्रुटी सच्याउने समेत)को कार्य बाँकी रहेकोले अद्यावधिक कार्य पछि यो संख्यामा केहि घटबढ हुन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी मतदाता हाङ्देवा र सबैभन्दा कम याङ्मामा
अद्यावधिक हुनु अघिको तथ्याङ्कलाई हेर्ने हो भने सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिका वडा नं ९ स्थित जनता मावि हाङ्देवा मतदान केन्द्रमा देखिएका छन् ।

त्यहाँ अहिले २ हजार ७ सय ४० मतदाता देखिएका छन् । स्थानीय तहको निर्वाचनमा त्यहाँ २ हजार ६ सय ८३ मतदाता थिए । तर,जनता मावि मतदानस्थल मतदाताको पहुँच भन्दा टाढा भएको भन्दै शिव आधारभूत बिद्यालय बुङ्कुलुङ र मिक्वाखोलाको पापुङस्थित सिम्बुकमा नयाँ मतदान स्थल कायम गर्न जिल्ला निर्वाचन समन्वय समितिले सिफारिस गरेको छ ।

यो अवस्थामा फुनपाको हाङ्देवा नभई आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङस्थित सरस्वती मावि मतदान स्थलमा बढी मतदाता हुनेछन् । त्यहाँ २ हजार ७ सय ३३ जना मतदाता देखिएका छन् । स्थानीय तहको निर्वाचनमा त्यहाँ २ हजार ७ सय १८ मतदाता थिए । यस्तै सबैभन्दा कम फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ स्थित याङ्मा आधारभूत बिद्यालयमा ६१ मतदाता देखिएका छन् । स्थानीय तहको निर्वाचनमा त्यहाँ ६० मतदाता थिए भने १४ मत मात्र खसेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts