|

मैवाखोलाको घोषणा ः ५ बर्षमा पालिका भित्रकै एकजना डाक्टर,गर्भवती महिलालाइ एम्बुलेन्स सेवा निःशुल्क

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ५ बर्ष भित्र पालिका भित्रकै एकजना व्यक्तिलाइ एमबिबीएस डाक्टर बनाउने घोषणा गरेको छ ।

आगामी आर्थिक बर्ष २०७९।०८० को बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले छात्रबृति दिएर ५ बर्ष भित्र एकजनालाइ डाक्टर पढाउने र उसले कम्तिमा ५ बर्ष सम्म पालिकाको प्रमुख स्वास्थ्य संस्थामा बसेर सेवा दिनुपर्ने सर्त अघि सारेको छ । पालिका अध्यक्ष बिजयप्रकाश वनेमले बिहीबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो । गाउँपालिकाले महिनामा एकपटक पालिका भित्रका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुका घरमै पुगी प्राथमिक स्वास्थ्य परीक्षण तथा औषधोपचार गर्ने घोषणा गरेको छ । पालिकाले निःशुल्क रुपमा पाइने औषधिको किट समेत प्रदान गर्ने भएको छ ।‘पालिकाले ’हाम्रै अस्पताल,हाम्रै डाक्टर’भन्ने नारा तय गर्दै प्राथमिक स्वास्थ्य केन्द्र ढुङगेसाँघुमा एकजना एमबिबीएस डाक्टर अनिवार्य रुपमा रहने प्रवन्धको घोषणा गरेको छ । पालिकाको एम्बुलेन्समार्फत गर्भवती महिलालाइ स्वास्थ्य संस्था सम्म निःशुल्क रुपमा पु¥याउने पालिकाले घोषणा गरेको छ ।

पालिकाले मदन भण्डारी रंगशालालाइ गौरवको आयोजनाको रुपमा घोषणा गर्दै रंगशालाको बाँकी निर्माण कार्य पूरा गर्न संघ र प्रदेश सरकार समक्ष प्रस्ताव पेश गर्ने भएको छ । शिक्षक बिद्यार्थी तथा अभिभावकसंग जनप्रतिनिधि अभियान सञ्चालन गरी पालिका भित्रको शैक्षिक अवस्थामा गुणस्तरीय सुधारको अभियान थाल्ने, मैवाखोला मावि ढुङ्गेसाँघुलाइ नमूना माविको रुपमा विकास गर्ने पालिकाले घोषणा गरेको छ । एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्ने कार्यक्रमलाइ प्राथमिकतामा राख्ने घोषणा गरेको पालिकाले औद्योगिक ग्राममार्फत स्थानीय उत्पादन र उद्यम विकासलाइ प्राथमिकता दिने भनेको छ । गाउँपालिका भित्र रहेका जग्गाबिहिन सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्दै लगिने पालिकाले घोषणा गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय,सबै वडा कार्यालय,सबै स्वास्थ्य संस्था र सबै सामुदायिक बिद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याउने पालिकाले घोषणा गरेको छ ।

लैंगिक बिभेद तथा जातीय छुवाछुत र भेदभाव लाइ न्यूनीकरण गर्ने अभियान सञ्चालन गर्ने पालिकाले बताएको छ । पालिकाभरीका पर्यटकिय स्थलको पहिचान गरी बिस्तृत सम्भाव्यता अध्ययन तथा स्थलगत सर्बे गरी प्रमुख पर्यटयिक स्थलको एकिकृत डिजाइन तथा सूची तयार गर्ने पालिकाले भनेको छ । नेपालमा पाइने ३२ मध्ये २८ प्रकारका लालीगुराँस पाइने क्षेत्रलाइ गुराँस अध्ययन क्षेत्रको रुपमा विकास गर्ने पालिकाले भनेको छ । पालिका क्षेत्रका मुख्य मुख्य बजार क्षेत्र,ग्रामीण क्षेत्र र सघन बस्ती पहिचान गरी ति क्षेत्रबाट नसड्ने फोहोरमैला व्यवस्थापन गर्न डम्पिङ साईट बनाउने पालिकाले नीति प्रस्तुत गरेको छ । पालिकाभित्र रहेका सबै लघु जलबिद्युत दीगो र भरपर्दो बनाउने तथा पालिका क्षेत्रभर राष्ट्रिय प्रसारण लाइनकै बिद्युत व्यवस्थापनका लागि पालिकाले उच्च पहललिने घोषणा गरेको छ ।


मैवाखोलाको बजेट ३७ करोड बढीको
गाउँपालिकाले आगामी आवका लागि कुल ३७ करोड ५४ लाख २२ हजार रुपैंयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले आगामी आवका लागि बजेट प्रस्तुत गर्द नीति तथा कार्यक्रम अनुसारनै बजेट बिनियोजन भएको जानकारी दिनुभयो । सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्नेगरी गाउँपालिकाले बजेट बनाएको उपाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । मैवाखोला गाउँपालिकाको ११ औं गाउँसभाले नीति तथा कार्यक्रम र बिनियोजन बिधयेक सर्वसम्मतले पारित गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सदस्य सचिव देवीप्रसाद तुम्बापोले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts