निर्वाचित ताप्लेजुङका स्थानीय तहका पदाधिकारीको भेला ः जिसस ९ सदस्यीय नै हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २२ । गत बैशाख ३० गतेको निर्वाचनबाट निर्वाचित ताप्लेजुङका स्थानीय तहका पदाधिकारीहरुले जिल्ला समन्वय समिति ९ सदस्यीय रहने यसअघिको निर्णयलाइ निरन्तरता दिने भएका छन् ।

यहाँका स्थानीय तहमा निर्वाचित प्रमुख÷अध्यक्ष,उपप्रमुख÷उपाध्यक्षको आइतवार सम्पन्न जिल्ला सभाले जिससमा प्रमुख,उपप्रमुख र ७ जना सदस्य गरी ९ जनाको कार्यकारी समिति रहने यसअघिको निर्णलाइ निरन्तरता दिने निर्णय गरेको निमित्त जिल्ला समन्वय अधिकारी मुक्तिनाथ सुबेदीले जानकारी दिनुभयो । पहिलो जिल्ला सभाले जिल्ला समन्वय समितिमा रहने कार्यकारी सदस्यको टुङ्गो लगाउनुपर्ने बैधानिक व्यवस्था रहेको छ । स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित यहाँका स्थानीय तहका प्रमुख÷अध्यक्ष,उपप्रमुख÷उपाध्यक्षको २०७४ साल साउन ४ गते सम्पन्न पहिलो जिल्ला सभाले ताप्लेजुङ जिल्ला समन्वय समिति ९ सदस्यीय रहने निर्णय गरेको थियो ।

सभाले जिल्ला समन्वय समितिको निर्वाचन असार १ वा २ गते भित्र गर्दा अनुकुल हुने सुझाव पनि दिएको छ । जिल्ला समन्वय समितिमा प्रमुख÷अध्यक्ष,उपप्रमुख÷उपाध्यक्ष मतदाता हुनेछन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने नियममा व्यवस्था छ । पहिलो सभामा मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष मुक्ति(राजन) लाबुङ तथा मैवाखोला गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू र सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्र मावो भने अनुपस्थित रहनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts