आठराइ त्रिबेणीको कार्यपालिकामा एमालेको बर्चश्व

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १७ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँ कार्यपालिकामा एमालेले सुबिधाजनक बहुमत कायम गर्दा काँग्रेस र नेकपा एस शुन्य भएका छन् ।

१३ सदस्यीय कार्यपालिकामा ५ वटा वडामध्ये एउटा वडाध्यक्ष जितेको माओवादी केन्द्रका एकजना सदस्य बाहेक अरु सबै १२ जना एमालेका रहनु हुने छ । त्यहाँ एमालेले अध्यक्ष र उपाध्यक्ष सहित ५ मध्ये ४ वटा वडामा बिजय हासिल गरेको थियो । निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ४ जनामा बिष्णुुकुमारी तामाङ,शान्ता गुरुङ,शारदाकुमारी बिमली र सीता बराईली निर्वाचित हुनु भएको छ ।

यस्तै दलित वा अल्पसंख्यकतर्फका मतदातामध्येबाट कार्यपालिकामा जाने २ जनामा मनकुमारी नेपाली र सन्तोष राई निर्वाचित हुनु भएको छ । निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ४ र दलित वा अल्पसंख्यकमध्येबाट कार्यपालिकामा जाने २ पदमा निर्वाचित हुने सबै एमालेका हुनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts