फुङलिङ नगर उपप्रमुख सहितका जनप्रतिनिधिद्धारा शपथग्रहण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ६ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका नगर उपप्रमुख भीमादेवी ओझा सहितका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथग्रहण गर्नु भएको छ ।

नगरप्रमुख अमिर मादेनले उपप्रमुख ओझा सहित नगरपालिकाका निर्वाचित सबै जनप्रतिनिधिहरुलाइ शपथग्रहण गराउनु भएको हो । ताप्लेजुङ उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा मादेनले एकसाथ नगर उपप्रमुख,वडाध्यक्ष र वडा सदस्यहरुलाइ शपथग्रहण गराउनु भएको हो ।

शपथग्रहण लगत्तै फुङलिङ नगरपालिकाकोतर्फबाट बिजयी जनप्रतिनिधिलाइ स्वागत र बधाइ ज्ञापन गरिएको थियो । नगरप्रमुख मादेन मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतसंग शपथग्रहण गरे लगत्तै पदभार ग्रहण पछि नगर उपप्रमुख सहितका जनप्रतिनिधिलाइ शपथग्रहण गराउनु भएको हो ।

प्रमुख वा अध्यक्षले मुख्य निर्वाचन अधिकृतबाट शपथग्रहण गरेपछि प्रमुख वा अध्यक्षले सम्वन्धित पालिकाका उपप्रमुख वा उपाध्यक्ष सहितका निर्वाचित जनप्रतिनिधिलाइ शपथग्रहण गराउनुपर्ने व्यवस्था रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts