| |

भाग्यमानी बन्दना ! एक मतको अन्तरले उपाध्यक्षमा निर्वाचित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ३ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) की नेतृ कृष्णकुमारी कडरिया (बन्दना) एक मतको अन्तरले उपाध्यक्ष पदमा विजयी हुनुभएको छ । सत्ता गठबन्धनकी साझा उम्मेदवार कडरियाले आफ्ना प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
तीब्र प्रतिस्पर्धाकाबीच कडरियाले दुई हजार ३७६ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार ताम्लिङले दुई हजार ३७५ मत पाउनुभएको थियो । निकटतम् प्रतिद्वन्द्वी ताम्लिङलाई एक मतान्तर पराजित गरी कडरिया सिदिङ्वा गाउँपालिकाको भाग्यमानी उपाध्यक्ष बन्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष उम्मेदवार मनोज राईले ६३ र अर्का स्वतन्त्र उम्मेदवार राजकुमार बानियाँले ११ मत पाउनुभएको थियो ।
उक्त गाउँपालिकाको अध्यक्षमा भने तीनहजार ८५ मत ल्याएर एमालेका मानबहादुर राई निर्वाचित हुनुभएको छ । राईले अध्यक्ष पदका अर्का प्रत्यासी गठबन्धनतर्फका नेपाली काँग्रेसका प्रदिप राईलाई पराजित गर्नुभएको हो । राईले दुई हजार ३८२ मत ल्याउनुभएको थियो भने उहाँहरुबीचको मतान्तर ७०३ रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts