ताप्लेजुङमा कुनै उम्मेदवार बिरुद्ध परेन उजुरी
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ७ । ताप्लेजुङमा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता भएका १३ जना उम्मेदवार कसैको बिरुद्ध उजुरी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्मीकपुर शाहका अनुसार उजुरीका लागि तोकिएको समय भित्र उम्मेदवारका बिरुद्ध कसैको पनि उजुरी दर्ता भएन ।
आउँदो फागुन २१ गतेका लागि ताप्लेजुङमा १३ राजनीतिक दलका १३ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । यहाँ कसैले स्वतन्त्र उम्मेदवारी दिएनन् भने महिला उम्मेदवार समेत छैनन् ।