| |

फुङ्लिङ ११ र आठराई त्रिबेणी ५ मा माओवादी विजयी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३१ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका ११ र आठराई त्रिबेणी गाउँपालिका ५ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । केही समयअघि प्राप्त परिणामअनुसार उक्त दुईवटा वडामा माओवादी केन्द्रको प्यानलनै विजयी भएको हो ।
फुङ्लिङ नगरपालिका ११ को वडाध्यक्षमा माओवादी केन्द्रका युवराज भट्टराई (योगेश) ३५४ मत प्राप्त गरी विजयी हुनुभएको हो । निकतम् प्रतिद्वन्द्वी स्वतन्त्रका मनित इजमलाई १०६ मतान्तररले पराजित गर्दै भट्टराई विजयी हुनुभएको हो । इजमले २४९ मत प्राप्त गर्नुभएको थियो । तेस्रो स्थानमा एमालेका सविन बिष्टले २०१ मत ल्याउनुभएको छ ।
यस्तै आठराई त्रिबेणी ५ मा माओवादी केन्द्रका लक्षुमन राई ३८८ मतसहित वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष लिम्बूले ३०१ मत प्राप्त गर्नुभएको छ । राईले ८७ मतअन्तरले लिम्बूलाई पराजित गर्नुभएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts