ताप्लेजुङमा दुईमहिने आधारभूत व्युटी पार्लर तालिम सुरु
ताप्लेजुङ,बैशाख १४ । ताप्लेजुङमा दुईमहिने आधारभूत व्युटी पार्लर तालिम सुरु भएको छ । उद्योग प्रवद्र्धन कार्यक्रम अन्र्तगत घरेलु कार्यालय ताप्लेजुङले तालिम आयोजना गरेको हो ।
फुङ्लिङ नगरपालिका र घरेलु तथा समाना उद्योग महासंघ ताप्लेजुङको समन्वयमा तालिम सुरु भएको उद्योग निमित्त अधिकृत युवराज घोर्साईले जानकारी दिनुभयो । तालिम उद्घाटन सत्रमा बोल्दै फुङ्लिङ नगरपालिकाका प्रतिनिधि भोलानाथ सिग्देलले सिकेको सीपलाइ व्यवसायिक बनाउन सके आत्मनिर्भरताको बाटो खुल्ने बताउनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बूले रोजगारीको बलियो सम्भावना बोकेको क्षेत्र भएकोले सीप सिकाईमा गहन ध्यान दिए यसले व्यवसाय सृजनामा सघाउने बताउनुभयो ।
घरेलु तथा समाना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले सीप हासिल गर्न जति उत्सुक हुन्छौं,त्यति नै यसलाइ व्यवसाय सृजना गर्नेतर्फ पनि ध्यान केन्द्रित भए सहज हुने बताउनुभयो । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत रहनु भएका उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले सीपलाइ श्रममा र श्रमलाइ रोजगारीमा बदल्ने सके आर्थिक जीवनमा समृद्धिको आधार तय हुने बताउनुभयो । लिला सुनुवार र सीता श्रेष्ठले तालिमले सहजीकरण गर्ने घरेलु कार्यालय ताप्लेजुङका कर्मचारी नीवन भट्टराईले जानकारी दिनुभयो । फुङ्लिङ नगगरपालिका वडा नं ४ जिमीपोखरी टोलमा रहेको सृजनशलि व्युटप् पार्लर केन्द्रमा तालिम सञ्चालन हुने घरेलु कार्यालयले जनाएको छ ।