|

ताप्लेजुङ मोवाईल एण्ड ईलेक्ट्रोनिक्स संघद्धारा लोट्से महलमा भएको लुटपाटमा संलग्नलाई कारवाहीको माग

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन ३ । ताप्लेजुङ मोवाईल एण्ड ईलेक्ट्रोनिक्स संघले बुधवार एक प्रेश विज्ञप्ति जारी गर्दै यातायात मजदुरद्धारा काठमाडौंमा गरिएको आन्दोलनको क्रममा मोवाईल व्यवसायी अर्जुन चालिसेको पसलमा भएको लुटपाटमा संलग्नलाई कारवाही गरी भएको क्षतिको भरणपुरण गराउन माग गरेको छ ।
अध्यक्ष रामकुमार सेन्दाङ र सचिव चन्द्रशेखर भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कार्यको निन्दा र भत्सर्ना गरिएको छ । संघले उक्त घटनाबाट भएको क्षतिपूर्ति सहित घटनामा संलग्नलाई कानुनी कारवाहीका लागि माग गरिएको छ । यस्ता कार्य दोहोरिन नदिन तथा सुरक्षाको पूर्ण प्रत्याभूत गर्न समेत संघले माग गरेको छ । यहिँ फागुन १ गते यातायात मजदुर संघले गरेको सरकार बिरुद्धको आन्दोलनका क्रममा काठमाडौंको नयाँ बसपार्कमा सञ्चालनमा रहेको लोट्से महलमा चालिसेद्धारा सञ्चालित मोवाईल पसलमा लुटपाट र चोरी भएको बताईदैं आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts