मनोनयनपत्र त्रुटी हुन नदिन ताप्लेजुङमा एक व्यक्तिले दुईवटा सम्म मनोनयनपत्र दर्ता गर्न सकिने प्रवन्ध गरिदैं

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ९ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले स्थानीय तहको निर्वाचनको क्रममा एक उम्मेदवारहरुले बढीमा दुईवटा सम्म मनोनयनपत्र दर्ता गर्न पाउने व्यवस्था गरिने जनाएको छ ।

भरिएका दुईवटा मनोनयनपत्रमध्ये एउटा दर्ता गरेर राख्ने र कुनै कारणवस त्यसमा केहि त्रुटी भए अर्को प्रयोग गर्न मिल्ने सुबिधाका लागि यो व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतले बताउनुभयो ।‘केहि कारणले एउटा मनोनयनपत्र त्रुटी भए अर्को प्रयोग गर्न मिल्ने प्रयोजनका लागि एक उम्मेदवारले बढीमा दुईवटा सम्म मनोनयनपत्र दर्ता गर्न पाउने व्यवस्था गरिएको हो’शुक्रवार आयोजित सरोकारवालासंगको छलफलका क्रममा राउतले भन्नुभयो । यो व्यवस्थाले लेखाइ वा अन्य भूलवस भएको त्रुटीका कारण मनोनयनपत्र दर्ता नहुने समस्याको समाधान गर्ने राउतको भनाइ छ । यता,दल वा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको क्रममा लगिएको जुलुस वा ¥याली मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालय प्रवेशद्धार भन्दा बाहिर सम्म मात्र लैजान पाउने भएका छन् । मनोनयनको क्रममा भने उम्मेदवार र प्रस्ताव तथा सर्मथक मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालय सम्म जान पाउने छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले दलहरुलाइ आचार संहिताको पालना गर्न आग्रह गर्दै निर्वाचन कार्यक्रम व्यवस्थापनका बारेमा पनि जानकारी गराएको छ ।
‘शिक्षण संस्थाहरुका खेलमैदान वा प्रांगणमा चुनावी आमसभा गर्न पाइन्न’
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिक्षण संस्थाहरुका खेलमैदान वा प्रांगणमा चुनावी आमसभा गर्न नपाउने निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न यहाँका राजनीतिक दलहरुलाइ आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भन्नुभयो‘आचार संहिताले बर्जित गरेका बिषय गर्नै हुदैन,गर्नै पाइदैन’ । मुख्य निर्वाचन अधिकृत राउतले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न र उल्लंघन नगर्न राजनीतिक दलको नेतृत्वले जिल्लाभरको आफ्नो संयन्त्र वा निकायमा जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले मनोनयन कार्यक्रमका लागि तोकिएका दुईदिन दलहरुले आफैं समय निर्धारण गरी सकभर छिटो मनोनयन प्रकृयामा आइदिन आग्रह गर्नुभयो । मनोनयनको कार्यक्रम निर्धारित समय अगावै सकिए निर्वाचनका अरु कार्यक्रम अघि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाइ सहज हुने अवस्था बुझिदिन पनि राउतले आग्रह गर्नु भएको छ ।
एक व्यक्ति सोहि पदको अर्को उम्मेदवारको प्रस्तावक वा सर्मथक बस्न नहुने
एक व्यक्ति सोहि पदको अर्को उम्मेदवारको प्रस्तावक वा सर्मथक बस्न नपाउने भएको छ । तर उसले एउटै क्लष्टरको बढीमा ७ जना सम्मको प्रस्तावक वा सर्मथक भने बस्न पाउने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जस्तोकी एउटा व्यक्तिले एउटै प्यानलको प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्ष गरी २,तथा वडाध्यक्ष सहित वडाबाट निर्वाचित हुने ५ गरी बढीमा ७ जना सम्मको प्रस्तावक वा समर्थक बस्न पाउने छ । तर सो व्यक्तिले फेरी अर्को सोहि पदको प्रस्तावक वा सर्मथक भने बस्न पाउँदैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts