टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा एक पत्रकार सहित तीन बिधामा पुरस्कार प्रदान गरिदैं

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ९ । टीकाराम गौतम स्मृति प्रतिष्ठानले शुक्रवार(आज) ताप्लेजुङको सामाजिक क्षेत्रमा योगदान पु¥याउने रेडक्रस ताप्लेजुङको एक उपशाखासहित तीन बिधामा पुरस्कार बितरण गर्ने भएको छ ।

प्रतिष्ठानले रेडक्रस उपशाखातर्फ फुरुम्बु उपशाखालाइ नगद १० हजार १ सय ५ रुपैंया सहित पुरस्कृत गर्न लागेको प्रतिष्ठानका विकास गौतमले जानकारी दिनुभयो । यस्तै उत्कृष्ट समाजसेवीतर्फ फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका ज्ञानप्रसाद तामाङ पुरस्कृत हुनु हुने भएको छ । उहाँलाई नगद ५ हजार १ सय ५ रुपैंया राशी सहित पुरस्कृत गर्न लागिएको समेत गौतमले जानकारी दिनुभयो । तत्कालिन हाङ्देवा गाउँ विकास समितिका अध्यक्ष समेत रहनु भएका तामाङ सेवा निवृत राष्ट्र सेवक समेत हुनुहुन्छ ।

यता ५ हजार १ सय ५ रुपैंया राशीको टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी संगिता कार्की पुरस्कृत हुनुहुने भएको छ । रेडियो ताप्लेजुङकी सञ्चारकर्मी उहाँ पत्रकार महासंघ ताप्लेजुङकी सहसचिव समेत हुनुहुन्छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङको सिफारिस र टीकाराम गौतम स्मृति प्रतिष्ठानको निर्णय अनुरुप कार्कीलाइ सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

२०१३ साल बैशाख ९ गते जन्मनु भएका नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकारामको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । सामाजिक क्षेत्रमा अगुवा उहाँको निधन पछि सामाजिक क्षेत्रलाइ स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले टीकाराम गौतम स्मृति प्रतिष्ठानमार्फत कार्यक्रम गर्दै आइरहनु भएको छ । स्वर्गीय गौतमको जन्मदिनको पारेर हरेक बर्षको बैशाख ९ गते प्रतिष्ठानले सम्मान कार्यक्रम गर्दै आइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts