ताप्लेजुङका ८ सहित एमालेका प्रदेश १ का २८ प्रमुख पदका उम्मेदवार टुंगिएको स्रोतको दावी,समाचारको स्वतन्त्र पुष्टी हुन बाँकी

अरुलाई पनि शेयर गरौ !

बिराटनगर,बैशाख ५ । नेकपा एमालेले ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्ष बाहेक अरु ८ सहित प्रदेश १ का २८ प्रमुख र २० उपप्रमुखको नाम सर्वसम्मतबाट टुङ्गो लगाएको जनाएको छ । यद्यपी समाचारको स्वतन्त्र पुष्टी हुन भने बाँकी रहेको छ ।

मैवाखोला गाउँपालिकाको अध्यक्षको बिषय भने टुगिंन बाँकी रहेको र फुङ्लिङ नगरपालिकाको प्रमुख र उपप्रमुख सहित अन्य ७ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीको बिषय टुगिंएको स्रोतले बताएको छ । फुङ्लिङ नगरपालिकाको प्रमुखमा बर्तमान नगरप्रमुख छत्रपति प्याकुरेललाइ उम्मेदवार बनाउने एमालेले निर्णय लिएको स्रोतले भनेको छ । उपप्रमुखमा भीमादेवी ओझा उम्मेदवार बन्नुहुने छ । आठराई त्रिबेणी गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र पोमू(दीपेन)र उपाध्यक्षमा शान्ता आङबोहाङ, फक्ताङ्लुङ गाउँपालिकाको अध्यक्षमा सरोज एभेङ र उपाध्यक्षमा शान्ति लिम्बू (पौडेल),मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा दिवस लिवाङ र र उपाध्यक्षमा मीना केदेम उम्मेदवार बन्नुहुने छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाको अध्यक्षमा केशरकुमार सुब्बा र उपाध्यक्षमा रनमाया गुरुङ, सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा मानबहादुर राई र उपाध्यक्षमा भूमिका गौतम,सिरिजङ्गा गाउँपालिकाको अध्यक्षमा सन्तोष चाम्लिङ र उपाध्यक्षमा तुलसा बस्नेत उम्मेदवार बन्ने बताइएको छ । मैवाखोलाको उपाध्यक्षमा कौशिला थत्लुङ एमालेकोतर्फबाट पुनःउम्मेदवार बन्ने हुनु भएको छ । सो मैवाखोला गाउँपालिकाको अध्यक्ष पदमा भने कसलाइ उम्मेदवार बन्ने भन्ने बिषयमा सहमति कायम हुन नसकेको बताइएको छ । समाचार स्रोत yobela.com/2022/04/172227

अरुलाई पनि शेयर गरौ !

Similar Posts