|

एनसिसी तालिममा सहभागी हुन मोरङको याङशिला पुगेकी लिटलबुद्धकी सिक्कुम करिव साढे ५ सय बिद्यार्थीमा पहिलो,अन्य केहि पनि उत्कृष्ट भित्र

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २२ । राष्ट्रिय सेवा दल एनसिसीको ४७ औं व्याचको प्रदेश १ का ११ जिल्लाका १५ वटा माध्यमिक बिद्यालय सहभागी प्रतिश्पर्धात्मक अभ्यास शिक्षणमा ताप्लेजुङको लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका बिद्यार्थी पहिलो हुनु भएको छ ।

मोरङको याङ्शिलामा प्रतिश्पर्धात्मक अभ्यास शिक्षणमा एनसिसीको तालिममा सहभागीमध्ये ताप्लेजुङको लिटलबुद्धकी सिक्कुम इवासाम लिम्बू पहिलो हुनु भएको हो । उहाँलाइ तालिममा सहभागी कूल ५ सय ३४ जना एनसिसीका अभ्यास शिक्षण बिद्यार्थीको कमाण्डर घोषणा गरिएको अभ्यास शिक्षणको अन्तिम अवलोकन कार्यक्रमा याङ्शिला पुग्नु भएका जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताउनुभयो । उहाँ लिटलबुद्धबाट एनसिसी तालिममा सहभागी भइ याङ्शिला पुगेका बिद्यार्थीलाइ हौसला बढाउने प्रयासस्वरुप अभिभावकीय भूमिका निर्वाह गर्न त्यहाँ पुग्नु भएको थियो ।‘करिव साढे ५ सय सहभागीलाइ पछि पारेर पहिलो हुनु चानचुने कुरो थिएन’मादेनले भन्नुभयो‘निरन्तरको लगाव,मेहनेत र परिश्रम र इमान्दारिताले सिक्कुमलाइ त्यो सफलता हात लागेको छ’।

निजी तथा आवासीय बिद्यालयहरुको संगठन(प्याब्सन)का पूर्व केन्द्रीय सदस्य तथा लिटलबुद्धका प्रिन्सिपल युवराज गिरीले आफ्नो बिद्यालयबाट सहभागी बिद्यार्थीले एनसिसी तालिममा गरेको उत्कृष्ट प्रर्दशनले ताप्लेजुङकै शान बढाएको बताउनुभयो । उहाँका अनुसार यसअघिका एनसिसी तालिममा सहभागी बिद्यार्थीले समेत उत्कृष्टता हासिल गरेका थिए । सिक्कुमबाहेक एनसिसीको तालिमबाट लिटलबुद्धबाट सहभागीहरु अन्यसमेत उत्कृष्ट भित्र परेको लिटलबुद्धले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts