|

२७ सदस्यीय सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २३ । सिरिजङ्गा लिपि बचाउ अभियानले आर.बी याक्थुङ संयोजक र लक्ष्मण मेन्याङ्वो सहसंयोजक रहेको २७ सदस्यीय सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन गरेको छ ।

समितिमा पदम चेञ्जी मावो,योवाहाङ तुम्बाहाम्फे,फक्ताङ्लुङ फोवा(ललित),जगतबहादुर योङहाङ,भूपेन्द्र मावो,बिशाल साँवा,डिकध्वोज(हिलिहाङ)लावती,पेली मावोहाङ,शैलेन मेन्याङ्वो,सुजन बेघा,काजीमान पालुङ्वा,डिल्लीप्रकाश मावो,देव इजम,अमृता थाम्सोहाङ र कुलबहादुर थलङ सदस्य रहनु भएको छ । यस्तै टेकनाथ जवेगु,नारदमणि काम्वाङ,दिनेश मावो,पन्ना आङ्वो,सशिकला काङ्वा,आदाङ्बे सम्बाहाम्फे,सन्तकुमार थङ्गम्बा,ललित इजम,मिलन मावो र भूपेन्द्रसिंह थेबे समेत सदस्य रहनु भएको छ । वीर नेम्बाङ,सञ्जुहाङ पालुङ्वा र मित्र लिङ्देन रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको संघर्ष समितिले जनाएको छ ।

सिरिजङ्गा लिपिलाइ किराँत सिरिजङ्गा लिपि बनाएर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएको भन्दै सिरिजङ्गा लिपि बचाउ अभियानले सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलले थप गरेका लिपिप्रति बिरोध जनाउँदै आएको छ । याक्थुङ भाषा अनुसार उच्चारण गर्न नसकिने केहि अक्षर थपेर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएकोमा आफुहरुको बिरोध कायम रहेको र त्यसबिरुद्ध संस्थागत संघर्षका लागि संघर्ष समिति बनाइएको सहसंयोजक मेन्याङ्वोले बताउनुभयो । संघर्ष समितिका सदस्य पदम चेञ्जी मावोका अनुसार किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलले समायोजनका नाममा याक्थुङ लिम्बू बोलीचालीमा उच्चारण नै नहुने अक्षरहरु थप गरेको छ । उहाँका अनुसार सिरिजङ्गा लिपिमा २५ वटा व्यञ्जन वर्ण थिए । कार्यदलले त्यसमा २३ वटा थप गरी ४८ वटा पु¥याएको मावोले बताउनुभयो । यस्तै सिरिजङ्गा लिपिमा ७ वटा स्वरवर्ण तथा सोहिभित्र ५ वटा ह्रस्व–दीर्घ सहित १२ अक्षर रहेकामा समायोजन कार्यदलले ५ वटा थप गरेर १७ पु¥याएको समेत उहाँले बताउनुभयो ।

उहाँका अनुसार याक्थुङ लिम्बू बोलीचालीमा उच्चारण नै नहुने ट,ठ,ड,ढ ण जस्ता अक्षरहरु थपिएका छन् । उहाँले थपिएका अक्षरलाइ अनावश्यक र असान्दर्भिक भएको प्रतिक्रिया दिए किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खालगायत संस्था संवद्ध किरात समन्वय समितिले केही महिनाअघि ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी कार्यदल–२०७८’ गठन गरेको थियो । भाषाशास्त्री डा. तारामणि राई संयोजक रहेको कार्यदलले किरात भाषाहरूमा रहेका ४८ व्यञ्जन वर्ण र १२ स्वरवर्णअनुसार किरात सिरिजङ्गा लिपि समायोजन गरी प्रतिवेदन बुझाएको थियो । सो प्रतिबेदनको बिरोधमा सिरिजङ्गा लिपि संरक्षण संघर्ष समितिमार्फत आन्दोलन सुरु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts