| |

फुङ्लिङ २ द्वारा अपाङ्गता र जेष्ठ नागरिकलाई सिरक वितरण

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १७ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–२ ले वडाभित्रका अपाङ्गता भएका तथा जेष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको छ । हालको चिसो मौसममा अपाङ्ग तथा जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्य राखेर वडा कार्यालयले सिरक वितरण गरेको हो ।
वडाभित्रका अपाङ्ग तथा जेष्ठ नागरिक गरी ८४ जनालाई न्यानो सिरक वितरण गरेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष मोहन न्यौपानेका अनुसार सिरक प्राप्त गर्नेमा २२ जना अपाङ्ग (अशक्त) र ७५ वर्षमाथि उमेर समूहका ६२ जना वडावासी जेष्ठ नागरिक रहनुभएको छ ।
वडाको योजनाअन्तर्गतको एकलाख ५० हजार रुपियाँ बजेट खर्च गरेर अपाङ्ग तथा जेष्ठ नागरिकलाई सिरक वितरण गरेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । न्यानो सिरक वितरणले अपाङ्गता र उमेरका कारण शारीरिक अवस्था कमजोर बन्दै गएका जेष्ठ नागरिकलाई चिसो मौसममा राहत पुग्ने विश्वास राखिएको न्यौपानेले बताउनुभयो ।
यता अध्यधिक चिसो बढिरहेको समयमा न्यानो कपडा सिरक पाएपछि लाभग्राहीमा खुशी छाएको पाइएको छ । न्यानो सिरक पाउनेमा कतिपय विपन्न परिवारकासमेत भएकाले उनीहरुले अझ बढी राहतको महशुस गरेका छन् । सिरक वितरण कार्यक्रम फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतको उपस्थितिमा सम्पन्न गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

Similar Posts