ताप्लेजुङमा माघ १५ बाट २३ गते सम्म जिल्ला लिग फुटबल हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ १३ । ताप्लेजुङमा माघ १५ देखि २३ गते सम्म जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा हुने फुटबल प्रतियोगितामा ताप्लेजुङमा रहेका १४ वटा फुटबल क्लवबीच समूह ‘ए’मा ७ र समूह ‘बी’मा ७ टिमबीच प्रतियोगिता हुनेगरी जिल्ला फुटबल संघले कार्यतालिका सार्वजनिक गरेको छ ।

समूह ‘ए’मा प्रगतिशिल युवा क्लव,चाँगे माछापोखरी हिटी क्लव,सृजनशिल सामाजिक युवा समाज,बिसीएस मेमोरियल क्लव,लालीमा क्लव,जलजले क्लव र मानाभरा स्पोर्टिङ युथ क्लव रहेका छन् । यस्तै समूह ‘बी’मा कर्णसिंह सोनाम फुटबल क्लव,कञ्चनजंघा फुङ्लिङ क्लव,मिशन युनाइटेड क्लव,नवप्रयास युवा क्लव,संघर्ष स्र्पोटिङ क्लव,बीरेन्द्र युवा क्लव र पाथीभरा युवा क्लव रहेको जिल्ला फुटबल संघले प्रकाशन गरेको कार्यतालिकामा उल्लेख गरिएको छ । दुबै समूहमा सेमीफाइनल अघि २१–२१ वटा खेल हुने भएका छन् ।

माघ २२ गते हुने पहिलो सेमीफाइनल खेलमा समूह ‘ए’को बिजेता र समूह ‘बी’को उपबिजेता तथा दोस्रो सेमीफाइनलमा समूह ‘बी’को बिजेता र समूह ‘ए’को उपबिजेता बीच फाइनल यात्राका लागि खेल हुने भएको छ । माघ २३ गते पहिलो सेमीफाइनल बिजेता र दोस्रो सेमीफाइनल बिजेता बीच फाइनल खेल हुने भएको छ । सबै खेलहरु सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा सञ्चालन हुने कार्यतालिका जिल्ला फुटबल संघले सार्वजनिक गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts