ताप्लेजुङमा २५ जना भन्दा बढी भेला जम्मा हुन रोक,सार्वजनिक सेवा पाउन माघ ७ गतेबाट खोपकार्ड अनिवार्य

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २७ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अर्को सूचना जारी नभए सम्मका लागि २५ जना भन्दा बढीमा मानिसहरु भेला जम्मा हुन प्रतिवन्ध गरेको छ ।

मंगलवार सार्वजनिक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले २५ जना भन्दा बढी भेला हुने गरी मेला,भेला तथा महोत्सव आयोजना गर्न नपाइने जनाउनुभयो । पाण्डेका अनुसार अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र सञ्चालन गर्न पाइने भएको छ । प्रशासन कार्यालयले सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा धेरैजना उपस्थित हुने गरी प्रशासनिक,सामाजिक एवम् त्यहिँ प्रकृतिका कार्यक्रमहरु नगर्न सूचित गरेको छ । आउँदो माघ ७ गतेबाट सार्वजनिक सेवा प्राप्त गर्न खेपकार्ड अनिवार्य गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

सार्वजनिक स्थलहरु जस्तै कार्यालय,होटल,रेष्टुरेन्ट,हवाइस्थल,पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड बिरुद्धको खोप लगाएको कार्ड आफ्नो साथमा अनिवार्य राख्न सबैलाइ आग्रह गरिएको छ । उल्लेखित निकायहरुले पनि खोप कार्ड भएका मानिसहरुलाइ मात्र प्रवेश अनुमति दिनुपर्ने प्रशासनले भनेको छ । प्रशासन कार्यालयले १२ बर्ष भन्दा माथिका नागरिकले अनिवार्य रुपमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी कोरोना बिरुद्धको खोप अनिवार्य लगाउन समेत प्रशासन कार्यालयले सबैलाइ सूचित गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts