एमाले ताप्लेजुङ अध्यक्षमा थेबे

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २७ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा भूपेन्द्र थेबे निर्वाचित हुनु भएको छ । एमाले जिल्ला सहसंयोजक रहनु भएका थेबे संयोजक तथा प्रदेश सांसद बलबहादुर साम्सोहाङलाइ ५६ मतान्तरले पराजित गर्दै बिजयी हुनुभयो ।

उपाध्यक्षमा थेबे समूहका सन्तोष खतिवडा साम्सोहाङ समूहका मात्रिकाप्रसाद भट्टराईलाइ पराजित गर्दै बिजयी हुनुभयो । खतिवडाले ३ सय ३१ र भट्टराईले २ सय ४६ मत ल्याउनुभयो । सचिवमा साम्सोहाङ समूहका केशरकुमार मेन्याङ्वो थेबे समूहका मंगलसिंह केदेमलाइ १६ मतान्तरले हराएर बिजयी हुनुभयो । मेन्याङ्वोले २ सय ९६ र केदमेले २ सय ८० मत ल्याउनुभयो । २ उपसचिवमा थेबे समूहका दीपेन्द्र पोमू(दीपेन) र साम्सोहाङ समूहका मणिशंकर पोमू बिजयी हुनुभयो । उहाँहरुले क्रमशः३ सय ८३ र २ सय ७७ मत प्राप्त गर्नु भएको प्रमुख निर्वाचन अधिकृत देवराज मेन्याङ्वोले बताउनुभयो । थेबे समूहका लिलाचक्र गुरुङले २ सय ५८ र साम्सोहाङ समूहका सन्तोष चोङ्वाङले १ सय ८२ मत ल्याउनुभयो । खुल्ला १३ सदस्यमा थेबे पक्षका १० जना,साम्सोहाङ पक्षका २ जना र दुबै समूहमा रहेका १ जना बिजयी हुनुभयो । थेबे समूहका कुमार मादेन,अम्बिका नुगो लिम्बू,निमातेञ्जी शेर्पा,प्रकाश इवारम,पदम सुनुवार,शरदराज निरौला,लेखनाथ भट्टराई,हर्कराज पालुङ्वा,नन्दलाल गौतम र कुलमणि दाहाल बिजयी हुनुभयो ।

साम्सोहाङ समूहबाट तारानाथ घिमिरे र सन्तोष प्रसाँइ तथा दुबै समूहमा रहनु भएका दीपक अधिकारी बिजयी हुनुभयो । ६ खुल्ला महिला सदस्यमा थेबे समूहका भीमादेवी ओझा,निर्मला इजम,कोपिला नेपाली,टीकादेवी दाहाल र पार्वता यक्सो तथा साम्सोहाङ समूहका शान्ता आङ्बुहाङ बिजयी हुनुभयो । ३ दलित कोटाबाट थेबे समूहका खगेन्द्र नेपाली,सन्तोष तोलाङ र मनकुमार नेपाली बिजयी हुनुभयो । प्रत्येक वडाबाट भूगोल अन्र्तगत जिल्ला कमिटीमा जाने सदस्यहरुका लागि निर्वाचन भएको फुङ्लिङ नगरपालिका वडा नं ३ बाट टंक पालुङ्वा र आठराइ त्रिबेणी गाउँपालिका वडा नं १ बाट खगेन्द्रकुमार पोमू निर्वाचित हुनुभयो । उनीहरु दुबै थेबे समूहका हुनुहुन्छ । यसअघि ५९ वटा वडाबाट ३३ प्रतिशत महिला सहित १–१ जनाको दरले आउने जिल्ला कमिटी सदस्य निर्वीरोध भइसक्नु भएको छ ।
बिजेता र निकट प्रतिद्धन्दीको कार्यकर्ताको मन छुने छोटो संवाद
अध्यक्षमा पराजित साम्सोहाङ र बिजेता थेबे बीच धेरै कार्यकर्ताको मन छुने छोटो संवाद भएको छ । अध्यक्षमा बिजयी थेबेले साम्सोहाङलाइ भन्नुभयो‘तपाँइ बिना पार्टी सञ्चालन असहज नै हुने छ’ । साम्सोहाले थेवेलाइ बधाइ दिदैं भन्नुभयो‘रचनात्मक काम गरौं,पार्टीमा मेरो साथ र सहयोग सधैं रहन्छ,म तपाँइकै साथमा छु’।

अरुलाई पनि शेयर गरौ !

Similar Posts