एमाले ताप्लेजुङको ११ औं जिल्ला अधिबेशनमा साढे छसय देखि सातसय हाराहारी प्रतिनिधि सहभागी हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १९ । नेकपा एमाले ताप्लेजुङको पुस २३ र २४ गते हुने ११ औं जिल्ला अधिबेशनमा साढे सय देखि सातसय हाराहारी प्रतिनिधि सहभागी हुने भएका छन् ।

प्रतिनिधि चयनको कार्य अन्तिम चरणमा पुगेपनि प्रतिनिधि संख्याको स्पष्ट किटान भइनसकेको एमाले ताप्लेजुङका इञ्चार्ज तथा पोलिटब्युरो सदस्य तिलकुुमार मेन्याङ्वोले जानकारी दिनुभयो ।‘छ सय भन्दा माथि सातसय हाराहारी प्रतिनिधिको संख्या हुन सक्ने देखिएको छ’मेन्याङ्वोले भन्नुभयो । उहाँका अनुसार कुनै एक कमिटीमा रहेको व्यक्तिले अर्को कमिटीमा रहने गरी उम्मेदवारी दर्ता गर्ने बित्तिकै साविकको कमिटीको हैसियत गुमाउने एमालेको नयाँ बिधानको व्यवस्था रहेको छ । सोहि अनुरुप जिल्ला कमिटीमा रहेका व्यक्ति पालिका कमिटीमा पनि आबद्ध भएको अवस्थामा जिल्ला कमिटीमा रहने छैनन् । त्यहिँ अनुुरुप यसअघि दुई समानान्तर कमिटीलाइ संयोजन गरेर घोषणा गरिएको ४ सय २ सदस्यीय जिल्ला कमिटी अब २ सय २० देखि २ सय २८ सम्ममा खुम्चने स्थिति देखिएको छ । जिल्ला कमिटीका सदस्य स्वतःजिल्ला अधिबेशन प्रतिनिधि हुने छन् । बिधानको यहिँ व्यवस्था अनुसार प्रतिनिधिको अन्तिम टुङ्गो लाग्दै गरेकोले एकिन तथ्याक तयार भइनसकेको मेन्याङ्वोले बताउनुभयो ।

एमाले बिधान अनुसार वडा तहबाट जिल्ला अधिबेशनमा आउने प्रतिनिधि भने पार्टी संगठित सदस्यका आधारमा चयन हुनेछन् । २५ जना पार्टी संगठित सदस्य बराबर १ जना तथा प्रत्येक वडाबाट १ जना दलित प्रतिनिधि आरक्षण कोटा अनुरुप जिल्ला अधिबेशनमा सहभागी हुन पाउने छन् । आरक्षण कोटा बाहेक प्रतिनिधि चयन गर्दा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने बिधानको व्यवस्था रहेको छ । उदाहरणका लागि ७५ पार्टी संगठित सदस्य भएको वडाबाट कम्तिमा १ महिला,१ दलित र २ खुल्ला सदस्य गरी ४ जना एमाले जिल्ला अधिबेशन प्रतिनिधि चयन हुने छन् । एमाले ताप्लेजुङमा करिव ८ हजार २ सय पार्टी संगठित सदस्य रहेको बताइन्छ । यो हिसावले दलित आरक्षण कोटा सहित वडा तहबाट करिव ३ सय २० जना हाराहारी तथा पार्टीका जिल्लास्थित जनवर्गिय संगठनबाट १ जनाको दरले जिल्ला अधिबेशन प्रतिनिधि चयन हुने एमालेले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts