|

एमसीसीबिरुद्ध ताप्लेजुङको फुङ्लिङमा प्रदर्शन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, पुस ६ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिरुद्ध ताप्लेजुङमा प्रदर्शन गरिएको छ । एमसीसीलाई राष्ट्रघाती सम्झौता भन्दै त्यसबिरुद्ध ताप्लेजुङमा प्रदर्शन गरिएको हो । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी गरी दुई पार्टीका ताप्लेजुङ जिल्ला समितिले एमसीसीबिरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसिसी राष्ट्रघाती सम्झौता भएको भन्दै यसका पक्षमा लाग्नेहरु‘दलाल’को संज्ञा दिए ।

नेताहरुलाई खबरदारी गर्दै उनीहरुले यस्तो राष्ट्रघाती सम्झौतालाइ नेपालमा कुनै पनि हालतमा लागु गर्न नहुने बताए । ‘इराक, अफगानिस्तान र लिबिया हेरौं, राष्ट्रघाती एमसीसीका मतियारलाई घेरौं’ भन्ने प्लेकाडर्ए बोकेका प्रदर्शनकारीले एमसीसी बिरुद्ध चर्का नाराबाजी गरेका थिए । फुङ्लिङ बजार परिक्रमापछि वीरेन्द्रचौकमा पुगेर कोणसभा गरेका थिए । कोण सभालाई नेकपाका केन्द्रीय सदस्य सुमन लिम्बू, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुरज ओझाले सम्बोधन गरेको नेकपाका जिल्ला सचिव असल पन्दाकले बताए ।

अमेरिकी राष्ट्रपति जर्ज बुसले यो कार्यक्रम सन् २००२ मा घोषणा गरेपनि अमेरिकी कंग्रेसले २००४ मा मात्र स्थापनाको अनुमति दिएको थियो । युरोपेली संघमा आवद्ध देश, ल्याटिन अमेरिकी, एसियाली, पश्चिम अफ्रिकी मुलुकले पनि एमसीसीबाट सहायता लिइरहेका छन् । नेपाल सरकार र एमसीसीबीच सहायता सम्झौतामा तत्कालीन सरकारका अर्थमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ भदौ २९ गते सम्झौतामा नेपालका पक्षबाट हस्ताक्षर गरेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts