प्याब्सन ताप्लेजुङको अध्यक्षमा सिग्देल
ताप्लेजुङ,पुस ३ । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन(प्याब्सन) ताप्लेजुङको अध्यक्षमा गणेश सिग्देल चयन हुनु भएको छ । यसअघि जिल्ला प्याब्सनको उपाध्यक्ष रहनु भएका सिग्देल आगामी ३ बर्षे कार्यकालका लागि अध्यक्ष चयन हुनु भएको हो । जिल्ला प्याब्सनको उपाध्यक्षमा देवराज गुरुङ, सचिवमा तरुण भारती र कोषाध्यक्षमा चन्द्र मादेन चयन हुनु भएको छ । गुरुङ यसअघि सचिव र भारती कोषाध्यक्ष रहनु भएको थियो । प्याब्सन ताप्लेजुङको आठौं जिल्ला अधिबेशनले कार्य समिति सदस्यहरुमा हरिप्रसाद पौडेल,सरोज थापा र अनुपमा प्रधानलाइ चयन गरेको छ । यस्तै काजीमान पालुङ्वा र युवराज गिरी केन्द्रीय महाधिबेशन प्रतिनिधि चयन हुनु भएको छ ।
नव निर्वाचित जिल्ला प्याब्सनका पदाधिकारी,सदस्य तथा केन्द्रीय प्रतिनिधिलाइ प्याब्सन प्रदेश १ कार्य समितिका सहकोषाध्यक्ष दिनेश प्रसाँइ,पूर्व केन्द्रीय सदस्यहरु काजीमान पालुङ्वा र युवराज गिरी,निवर्तमान जिल्ला अध्यक्ष दिनेश भट्टराई,पूर्व अध्यक्ष इन्द्रकुमार गुरुङ,निर्वाचन समिति संयोजक अधिबक्ता धनबहादुर थापा लगायतले सफल कार्यकालको शुभकामना दिनु भएको छ । नवनिर्वाचित अध्यक्ष सिग्देलले प्याब्सन ताप्लेजुङलाइ रचनात्मक संस्थाको रुपमा क्रियाशिल गराउने प्रतिबद्धता जनाउनुभयो । यसअघि फुङ्लिङ नगरप्रमुुख छत्रपति प्याकुरेलको प्रमुख आथित्यतामा जारी प्याब्सनको उद्घाटन सत्रमा शिक्षक महासंघ,बिभिन्न पेशागत संघ÷संगठन,शिक्षा विकास तथा समन्वय इकाइ,पालिकाका शिक्षा अधिकृत,प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरु तथा पत्रकार महासंघ सहितका आम सञ्चारसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको छ । उद्घाटन सत्रलाइ सम्बोधन गर्ने अधिकाँस बक्ताहरुले ताप्लेजुङ प्याब्सनको विगतको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत रचनात्मक कार्य गर्न सुझाउनु भएको थियो ।