| |

चिया तथा कफी विकास बोर्ड संशोधन भइ चिया कफी तथा अलैंची विकास बोर्ड बन्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २२ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णुप्रसाद भट्टराईले अलैंची समेत थपेर चिया कफी तथा अलैंची विकास बोर्ड बन्न लागेको संकेत गर्नु भएको छ । चिया कफी तथा अलैंची विकास बोर्डका लागि कार्यविधि संशोधनको प्रकृया स्वरुप त्यसको मस्यौदा बनिसकेको उहाँले जानकारी दिनुभयो । ताप्लेजुङका स्थानीय तहका पदाधिकारी तथा किसानहरुसंगको अन्तक्रियामा उहाँले चिया तथा कफी विकास बोर्डलाइ चिया कफी तथा अलैंची विकास बोर्डमा रुपान्तरण गर्न बनेको मस्यौदा मनित्रपरिषद्मा जाने प्रकृयामा रहेको बताउनुभयो ।‘मस्यौदा अन्तिम भइसकेको छ’उहाँले भन्नुभयो‘ ७० औं बोर्ड बैठकले गरेको निर्णय सहित अब प्रकृयामा जान्छ’ । उहाँले विश्व बजारमा अलैंची,चिया र कफीको बजार सुनिश्चित गर्न कुटनीतिक पहल भइरहेको बताएर किसानलाइ प्रोत्साहित पनि गर्नु भएको छ । चीनसंग समेत अलैंची,चिया र कफीको बजार बिस्तार गर्न कुटनीतिक माध्यम मार्गप्रसस्त गर्नुपर्ने भट्टराईको भनाइ थियो । यसैबीच ताप्लेजुङका किसानले भने चिया तथा कफीमा प्रविधि र उपकरणको क्षेत्रमा अनुदान माग गरेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया बिस्तार योजना लालीखर्क पाँचथरद्धारा आयोजित कार्यक्रममा चिया तथा कफी किसानहरुले खेतीका समस्या समेत सुनाए । चिया कृषक मोहनकुमार राईले चिया प्रशोधन उपकरणको व्यवस्थापनमा सघाउन चिया तथा कफी विकास बोर्डलाइ अनुरोध गरे । उनले चिया क्षेत्रमा काम गर्ने मजदुरको अभाव रहेको समेत दुखेसो पोख्नु भएको छ । अर्का कृषक बेधनिधि पौडेलले माटोको परीक्षण नतिजाका आधारमा अनुकुलता नहेरी खेती प्रविधिमा हामफाल्ने प्रवृति गलत रहेको बताउनुभयो । उहाँले चियामा लाग्ने रोग नियन्त्रणका लागि रसायनिक बिषादीको माग गर्नुभयो । कफी कृषक तिलबहादुर कार्कीले कफीको बजार अभाव औंल्याउनुभयो । ढुङ्गेसाँघुका चन्द्र तामाङले चिया प्रशोधन उपकरणको आवश्यक रहेको बताउनुभयो । ढुङ्गेसाँघुकै कफी कृषक धुव्र वनेमले कफी उत्पादनको क्षेत्रमा तालिम र सीपकै अभाव रहेको गुनासो गर्नुभयो । चिया कृषक बलराम भट्टराईले चियाको उत्पादन सुरु भएपनि प्रशोधन उपकरणको अभाव रहेको बताउनुभयो । उहाँले रोग किरा लाग्ने र मर्ने समस्या निदानका लागि प्राविधिक सल्लाह आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा डिल्ली गुरुङ,जगतबहादुर रम्तेल,मनिषा कार्की लगायतले चिया तथा कफीका समस्या सुनाउनु भएको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक भट्टराईका अनुसार बोर्डले बजार प्रवद्र्धन,खेती क्षेत्र बिस्तार र मेसिजन औजार तथा उपकरणमा किसानलाइ सहयोग गर्ने गरेको छ । खेती क्षेत्र बिस्तार गर्दा चक्लाबन्दीको खेती भएपनि हुने कफीका लागि ५० रोपनी भन्दा माथि जग्गा चाहिने बोर्डले जनाएको छ । यस्तै चियाका लागि कम्तिमा २ सय रोपनी सम्म जग्गा भएको हुनुपर्ने प्रावधान रहेपनि त्यसलाइ बोर्ड आफैंले शंसोधन गरी दाहेरा सहज बनाउन सक्ने समेत भट्टराईले बताउनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया बिस्तार योजना लालीखर्क पाँचथरका कार्यालय प्रमुख फुलमाया आङ्वोले ताप्लेजुङ चिया,कफी र अलैंचीका लागि प्रवल सम्भावना रहेको बताउनुभयो । उहाँले त्यहिँ क्रममा यो क्षेत्रमा संलग्नहरुको राय र सल्लाह तथा स्थानीय तहसंगको समन्वयका लागि कार्यक्रम आयोजना भएको जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,मिक्वाखोला गाउँपालिका अध्यक्ष राकुमार साँवा,मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू,पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला र फुङ्लिङ नगर उपपप्रमुख बमबहादुर भट्टराई(तारा)को उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts