स्थानीय तहले शैक्षिक योजना तथा पाश्र्वचित्र निर्माणमा बिशेष ध्यान दिनुपर्ने युएसएआइडी र इजीआरपी टिमको ठहर

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १४ । अमेरिकी सहयोग विकास नियोग(युएसएआइडी)तथा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको टोलीले ताप्लेजुङका सबै स्थानीय तहमा शीघ्र रुपमा शैक्षिक योजना तथा पाश्र्वचित्र निर्माण हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम(इजिआरपी)अन्र्तगत ताप्लेजुङको अवस्था अध्ययन गर्न आएको टोलीले ताप्लेजुङका सबै स्थानीय तहले शीघ्र रुपमा पालिका स्तरीय शैक्षिक योजना तथा पाश्र्वचित्र निर्माण गरिसक्नु पर्नेमा जोड दिएको हो ।‘पालिकास्तरमा शिक्षा क्षेत्रमा धेरै राम्रो काम भइरहेको पनि सुन्यौं,तर ति कार्यक्रमलाइ समेत समेटेर पालिकास्तरीय बृहत्त शैक्षिक योजना तथा पाश्र्वचित्र निर्माण भए पालिकाले अहिले सञ्चालन गरिरहेको उत्कृष्ट कार्य पनि थप प्रभावकारी बन्थे’राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रमका नारायणकृष्ण श्रेष्ठले भन्नुभयो । सिरिजंगा गाउँपालिकाले सुरु गरेको कक्षा ११ र १२ सम्मको निःशुल्क छात्रबृत्ति,प्रत्येक वडाका उत्कृष्ट बिद्यार्थीलाइ दिइने प्राविधिक शिक्षा छात्रबृत्ति र डाक्टर पढाउन दिएको छात्रबृत्ति सहितका बिषय उठेपछि उहाँले शैक्षिक योजना तथा पाश्र्वचित्र निर्माण भए अहिलेका कार्य पनि थप व्यवस्थित हुने बताउनुभयो । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम समन्वय समितिका जिल्ला संयोजक एवम् शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार ताप्लेजुङका ९ मध्ये ७ स्थानीय तहमा शैक्षिक योजना तथा पाश्र्वचित्र निर्माणको कार्यले गति लिएको छ । मिक्वाखोला गाउँपालिकाको शैक्षिक योजना तथा पाश्र्वचित्र निर्माणको कार्य गर्ने अन्तिम चरणमा पुगेको र अन्यमा प्रकृया अघि बढेको उहाँले जानकारी दिनुभयो । सिरिजंगा र सिदिङ्वा गाउँपालिकामा शैक्षिक योजना तथा पाश्र्वचित्र निर्माणको कार्य अरु भन्दा कमजोर अवस्थामा रहेपनि त्यहाँ प्रकृया अघि बढाइएको समेत उहाँले बताउनुभयो । भट्टराईले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रममार्फत ताप्लेजुङमा भइरहेका÷भएका गतिविधि प्रष्ट्याउनु भएको थियो । शैक्षिक योजना तथा पाश्र्वचित्र निर्माणका लागि गठन भएको कार्यदलले धेरै काम प्रकृयामा लगेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका जिल्ला संयोजक रेवती नेपालले जानकारी दिनुभयो । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको अवस्था अध्ययन गर्न आएको टोलीले ताप्लेजुङमा समग्र रुपमा कार्यक्रम सञ्चालनको अवस्था प्रभावकारी रहेको ठहर गरेको छ । टोलीले पालिकासंगको आगामी समन्वय,पालिकासंगको योजनागत सामजस्यता लगायतका बिबिध पक्षमा अनुभव समेत प्रदान गरेको थियो । अध्ययन टोलीमा युएसएआइडीका जयकृष्ण उपाध्याय,उद्धव भण्डारी,राजकुमार दुलाल तथा इजिआरपीका सञ्जयकुमार गुप्ता र बुद्धिमान चौधरी सहित रहनु भएको छ । टोलीले फुङ्लिङ नगरपालिकाको भानुजन मावि र बाँजोगरा आधारभूत बिद्यालय,मेरिङ्देन गाउँपालिकाको त्रिभुवन मावि,पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु मावि र महाकाली आधारभूत बिद्यालयमा पुगेर प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको अवस्था बारे अध्ययन गर्ने भएको छ । संगै उसले फुङ्लिङ नगरपालिका,मेरिङ्दन गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाका पदाधिकारी तथा प्रशासनिक र शैक्षिक नेतृत्वसंग समेत छलफल गर्ने जनाइएको छ । प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाइमा केन्द्रित रही शिक्षाको गुणस्तर सुधार गर्ने मुख्य लक्ष्यका साथ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भएको हो । नेपाल सरकार र युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यो कार्यक्रममा विशेषगरी कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पढाइ सीपको सुधार गर्ने मुख्य क्रियाकलाप रहने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts