ताप्लेजुङमा माओवादी केन्द्रको पालिका अधिबेशनः ७ वटामा जारी,सिदिङ्वामा सकियो,मिक्वाखोलामा मंसिर १३ गते हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ११ । नेकपा माओवादी केन्द्रको ताप्लेजुङका स्थानीय तहमा धमाधम पालिका अधिबेशन सुरु भएको छ । फुङ्लिङ सहित यहाँका ७ स्थानीय तहको अधिबेशन शनिवारबाट सुरु भएको हो भने सिदिङ्वा गाउँपालिकाको अधिबेशन नयाँ नेतृत्व चयन सहित शुक्रबारै सकिएको छ । मिक्वाखोला गाउँपालिकाको अधिबेशन भने मंसिर १३ का लागि तय गरिएको नेकपा माओवादी केन्द्र ताप्लेजुङका संयोजक बिजयप्रकाश वनेमले बताउनुभयो । फुङ्लिङ नगरपालिका समन्वय कमिटीको अधिबेशन सदरमुकाम स्थित सामुदायिक भवन सिटीहलमा जारी रहेको छ । नगर इञ्चार्ज सागरमणि गौतमले अधिबेशनको उद्घाटन गर्नुभयो । यस्तै सिरिजंगा गाउँपालिका समन्वय कमिटीको जारी अधिबेशनको उद्घाटन जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्रीले गर्नु भएको छ । अधिबेशनको उद्घाटन सत्र पछि बन्द सत्र सुरु गरी नेतृत्व चयन प्रकृया सुरु गरिने माओवादी केन्द्रले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts