झण्डै ७४ हजारले दर्ता गरे राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ९ । ताप्लेजुङबाट अहिले सम्म झण्डै ७४ हजार जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण दर्ता गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार यो अवधिसम्ममा ७३ हजार ८ सय ८२ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका हुन् । चालू आर्थिक बर्ष २०८१।८२ को फागुन मसान्त सम्ममा ४ हजार २ सय ८४ जनाले विवरण दर्ता गराएको प्रशासन कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक बर्षमा ६९ हजार ५ सय ९ जनाले विवरण दर्ता गराएका थिए । फागुन मसान्त सम्ममा १ हजार ८ सय २५ जनालाई मात्र राष्ट्रिय परिचयपत्रको कार्ड बितरण गरिएको छ ।

चालु आवमा ८ सय ९५ जना तथा अघिल्लो आवमा ९ सय ३० जनाले राष्ट्रिय परिचयपत्रको कार्ड बुझेर लगेका छन् । प्रशासन कार्यालयबाट चालु आवमा ४९ जनालाई नावालक परिचयपत्र बितरण गरिएको छ । चालु आवमा ५ जनालाई बैबाहिक अंगीकृत नागरिकता र ६ जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको समेत सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो ।

प्रशासन कार्यालयले फागुन महिनामा २ सय २६ वटा राहदानीका अनलाइन फारम कार्यालयबाट निःशुल्क भरिदिएको जनाएको छ । नागरिकता सहायता कक्षबाट ५ सय ४० जनालाई दैनिक रुपमा विभिन्न कामका लागि प्रयोग हुने निबेदन तथा आवश्यक कागतजातका प्रतिलिपिहरु निःशुल्क रुपमा प्रदान भएको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ ।

 

Similar Posts