फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा तार व्यवस्थापन गर्न थालियो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ११ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा व्यवस्थित रहेका बिजुली सहितका अन्य तारहरुलाइ व्यवस्थित गर्न थालिएको छ । फुङ्लिङ नगरपालिका,बिद्युत प्राधिकरणको ताप्लेजुङ बितरण केन्द्र र नेपाल टेलिकम ताप्लेजुङबाट तारहरु व्यवस्थापनको कार्य भइरहेको फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष जीतेन लिम्बूले बताउनुभयो । व्यवस्थित गर्ने काम नसकीउञ्जेल अब प्रत्येक साताको शुक्रवार यो कार्य गरिने छ । फुङ्लिङ बजारमा प्रत्येक साताको शुक्रवार बजार हुन्छ । त्यहिँ मौका पारी मंसिर १० गते शुक्रवारबाट यो कार्यको थालनी गरिएको वडाध्यक्ष लिम्बूले बताउनुभयो । शुक्रवार भानु जनमावितर्फ झर्ने बाटो छेउ सम्मको भागको तारलाइ व्यवस्थित गर्ने कार्य सकिएको समेत उहाँले जानकारी दिनुभयो । साँघुरो बजार क्षेत्र,काठ र टिनले बनेका घर,असरल्ल परेका बिद्युत सहितका तार र पुराना बिद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts