एमाले ताप्लेजुङको महाधिबेशन प्रतिनिधि निर्वाचन ः ८ स्थानीय तहको मतगणना सकियो,आठराइ त्रिबेणीको जारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ४ । नेकपा एमालेको राष्ट्रिय महाधिबेशनमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने १३ प्रतिनिधि चयन गर्न भएको मतदानको मतगणना अन्तिम चरणमा पुगेको छ । अब आठराइ त्रिबेणी गाउँपालिकाको मात्र मतगणना बाँकी रहेको निर्वाचन समिति संयोजक अधिबक्ता बलराम भट्टराईले जानकारी दिनु भएको छ । पछिल्लो मतगणना अनुसार ५ स्थानीय तहको मतगणन सकिदा खुल्ला ८ पदका लागि क्रमशःभूपेन्द्र थेबे र छत्रपति प्याकुरेलको समान ३ हजार ६ सय ७९ मत रहेको छ । दोस्रोमा दीपेन पोमूको ३ हजार ४ सय ४१ मत,तेस्रोमा बलबहादुर साम्सोहाङको ३ हजार ३ सय १८ र चौथोमा डम्बरध्वोज तुम्बाहाम्फेको ३ हजार ३ सय १३ मत रहेको छ । पाँचौमा आससाल केदेमको ३ हजार २ सय ४३ मत,छैटौंमा ओङ्दी शेर्पाको ३ हजार १ सय २८, सातौंमा घनेन्द्र मादेनको ३ हजार ५५ र आठौंमा गोपाल थोप्राको २ हजार ९ सय ८ मत रहेको छ । यस्तै मणिशंकर पोमूको २ हजार ६ सय १९ मत,सन्तोष खतिवडाको २ हजार ४ सय २ मत,मंगलसिंह केदेमको २ हजार ३ सय ५१ मत,सिंहबहादुर इवारमको २ हजार २ सय २६ मत,चन्द्रप्रकाश मोन्याङ्वोको २ हजार ३ मत,थर्ककुमार चोङ्वाङको १ हजार ७ सय ६ मत र राजेश प्याकुरेलको १ हजार ६ सय ७७ मत रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts