| |

एकीकृत समाजवादीको नगरसमिति अध्यक्षमा गुरागाईं

अरुलाई पनि शेयर गरौ !

कमल भट्टराई
ताप्लेजुङ, कात्तिक २४ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को फुङ्लिङ नगरसमिति अध्यक्षमा त्रिलोचन गुरागाईं चयन हुनुभएको छ । बुधबार भएको नगर भेलाले गुरागाईं अध्यक्ष रहेको ५१ सदस्यीय नगरसमिति चयन गरेको हो ।
नगरसमितिको उपाध्यक्षमा गंगा नाल्बो र गणेश दाहाल, सचिवमा सुनिता मादेन र उपसचिवमा मिङ्मा छिरिङ शेर्पा चयन हुनुभएको छ । यस्तै अनिता बर्देवा अध्यक्ष र रनमति केदेम सचिव रहेको २५ सदस्यीय अनेम संघ फुङ्लिङ नगरसमिति पनि बुधबार नै गठन गरिएको नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव मोहन न्यौपानेले जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेम वनेमको प्रमुख आतिथ्यता साथै केन्द्रीय सदस्य अम्विका राजभण्डारी, प्रदेश सदस्य शम्भु गौतम, जिल्ला अध्यक्ष छिरिङ शेर्पासहितको उपस्थितिमा नगर भेला सम्पन्न गरिएको सो पार्टीले जनाएको छ । कार्यक्रममा वक्ताहरु एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टी खोल्नेपर्ने कारण र पार्टीको आगामी नीति तथा कार्ययोजनाबारे चर्चा गर्नुभएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts