बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त
हेटौंडा, कात्तिक ११ । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्ति हुनुभएसँगै पाण्डेले हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्नु भएको छ ।
गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस) का उपनेता कृष्ण खनालले पनि पनि मन्त्रीको शपथ लिँदै हुनुहुन्छ । माओवादी केन्द्रले सामाजिक विकास मन्त्री, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस) ले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुहुने बताइएको ।