नेकपा(माओवादी केन्द्र)ताप्लेजुङले तोक्यो ९ वटै पालिका र प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी

प्रकृति गुरुङ
ताप्लेजुङ, असोज १ । नेकपा(माओवादी केन्द्र)ताप्लेजुङले ९ वटै पालिका तथा २ प्रदेश निर्वाचन क्षेत्रका ४ मुख्य कार्यकारी पदाधिकारीमा जिम्मेवारी तोकेको छ । दुईवटै प्रदेश निर्वाचन क्षेत्रमा इञ्चार्ज र ३ वटा पालिकामा सहइञ्चार्ज तोकिएको छैन । माओवादी केन्द्र ताप्लेजुङका इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग)का अनुसार प्रदेश निर्वाचन क्षेत्र नं १(क)मा प्रेम सेलिङ(संगम)संयोजक र श्रीकुमार मावो सहसंयोजक बन्नु भएको छ । प्रदेश निर्वाचन क्षेत्र नं १(ख)मा बिष्णुकुमार हाङ्वाङलाइ संयोजक र चन्द्रकला गुरुङलाइ सहसंयोजकको जिम्मेवारी दिइएको छ । यस्तै फुङ्लिङ नगरपालिकामा सागरमणि गौतम इञ्चार्ज,बमबहादुर भट्टराई(तारा),सहइञ्चार्ज तथा गंगाराम शंकर अध्यक्ष र जीतेन लिम्बू सचिव बन्नु भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकामा ठाकुरसिंह लिम्बू संयोजक,रमेश राई सहसंयोजक तथा भीम काङ्भा अध्यक्ष र हिमनाथ पौडेलले सचिवको जिम्मेवारी पाउनु भएको छ । सिदिङ्वा गाउँपालिकामा कृष्णकुमारी कडरिया(बन्दना) इञ्चार्ज,जीवनकुमार ताम्लिङ सहइञ्चार्ज,पूर्ण इदिङ्गो अध्यक्ष र किरण लिङ्देन सचिव बन्नु भएको छ । मदनकृष्ण दाहाल सिरिजंगा गाउँपालिकाको अध्यक्ष बन्नु भएको छ भने राजकुमार लिम्बू सहञ्चार्ज तथा चित्र मावो अध्यक्ष र ज्ञानु ताम्लिङ सचिव बन्नु भएको छ । फक्ताङ्लुङ गाउँपालिकामा मानबहादुर केसी र मिक्वाखोला गाउँपालिकामा खड्ग साँवा इञ्चार्ज बन्नु भएको छ । दुबै पालिकामा सहइञ्चार्ज तोकिएको छैन । फक्ताङ्लुङ गाउँपालिकामा दिलकुमार लिम्बू(फुङ्सा)अध्यक्ष हुनु भएको छ भने यज्ञप्रसाद लिम्बू सचिव बन्नु भएको छ । यस्तै मिक्वाखोला गाउँपालिकामा डण्डु लामा अध्यक्ष र दीपक लिवाङ सचिव चयन हुनु भएको छ । माओवादी कन्द्रले मेरिङ्देन गाउँपालिकामा दावाछिरिङ शेर्पा(बिशालु)लाइ इञ्चार्ज र देउप्रसाद लिम्बू र अमरनन्द खातीलाइ सहइञ्चार्ज बनाएको छ । यो पालिकामा सुुजन सामेखाम लिम्बू अध्यक्ष र नरेश नाल्वोलाइ सचिवको जिम्मेवारी दिइएको छ । मैवाखोला गाउँपालिकामा पर्शुराम थोप्रा इञ्चार्ज हुनु भएको छ भने सहइञ्चार्जमा कसैलाइ जिम्मेवारी दिइएको छैन । त्यहाँ तेम्बास्याम्बु शेर्पा अध्यक्ष तथा चन्द्रकुमार तामाङ सचिव बन्नु भएको छ । आठराइ त्रिबेणी गाउँपालिकामा सूर्य आङ्बुहाङलाइ इञ्चार्ज बनाइएको छ भने सागरकुमार आङ्बुहाङ सहइञ्चार्ज तथा मणि सेम्बु अध्यक्ष र बालचन्द्र आङ्बुहाङ सचिव हुनु भएको छ ।

Similar Posts