|

एमसिसी बिरुद्ध फुङ्लिङमा नेकपाको प्रर्दशन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २८ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बिरुद्ध नेत्रबिक्रम चन्द(बिप्लव)ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमवार ताप्लेजुङमा प्रर्दशन गरेको छ । नारा जुलुस सहित गरिएको प्रर्दशनमा एमसिसी सम्झौतालाइ राष्ट्रघातीको संज्ञा दिइएको छ । नेकपाका कार्यकर्ताहरुले फुङ्लिङ नगर परिक्रमा गर्दै राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर,सम्पूर्ण देशभक्त शक्तिहरु एक होऔं,राष्ट्रिय स्वाधिनताको रक्षा गरौं जस्ता नारा लगाएका थिए । एमसिसी बिरुद्ध गत शनिवार पनि युवाहरुले स्र्फुत रुपमा फुङ्लिङमा प्रर्दशन र नाराबाजी गरेका थिए ।

एमसिसीले अफ्रिका, ल्याटिन अमेरिका र एशिया महादेशमा गरी २४ देशमा सहकार्य गरिरहेको छ । त्यसमा १७ देशमा कार्यान्वयनमा रहेका कम्प्याक्ट र थ्रेसहोल्डमा छन् भने १० वटा विकासक्रममा छन् । सन् २०१७ मा नेपालले आफ्नो आवश्यकताका ३ सय १८ किमी लम्बाइको ४ सय केभीको प्रसारण लाइन, ३ सय किमी लम्बाइको राजमार्गमा स्तरोन्नति गर्नेलगायतका परियोजनामा सहमत भएर एमसिसीअन्तर्गत ५० करोड डलर अर्थात् रु ५६ अर्ब अनुदान सहायता सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts