| | |

ताप्लेजुङको पर्यटन प्रवर्द्धन गर्न फोटो प्रकाशन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १९ ।
ताप्लेजुङका पर्यटकीय स्थलहरुको फोटो सङ्ग्रह प्रकाशित गरिएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय स्थलको तस्बिरहरु समेटेर फोटो सङ्ग्रह (पुस्तक) प्रकाशित गरिएको हो ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित ओझेलमा परेका जिल्लाका १०१ वटा पर्यटकीय गन्तव्यहरुको तस्बिर समावेश गरी फोटो पुस्तक प्रकाशित गरिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा ताप्लेजुङ विकास पत्रकार मञ्चले प्रकाशन गरेको फोटो पुस्तकका लागि एक हजार ३०५ वटा फोटो (तस्बिर) सङ्कलन भएको थियो । उक्त सङ्कलित फोटोमध्येबाट उत्कृष्ट १०१ छनोट गरी फोटो पुस्तक प्रकाशित गरिएको हो ।
ताप्लेजुङभित्र रहेका पर्यटकीय गन्तब्यहरुको फोटो सङ्कलन गरी प्रकाशित पुस्तक केही समयअघि काठमाडौंमा सार्वजनिक (विमोचन) गरिएको थियो । सो पुस्तकमा समावेश अर्थात १०१ मा छनोट भएका फोटोका विजेतालाई शनिबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित पुरस्कार वितरण कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले पुरस्कार वितरण गर्नुभएको थियो ।
फोटोका विजेतालाई पुरस्कार वितरण गर्नुहुँदै पूर्वमन्त्री भट्टराईले जिल्लाको पर्यटन प्रवर्द्धनमा प्रकाशित पुस्तकले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ताप्लेजुङमा भर्जिन पर्यटकीय गन्तव्यहरु प्रसस्तै भए पनि आवश्यक प्रचारप्रसारको अभावमा पछि परेको बताउँदै फोटो पुस्तकमार्फत पर्यटकीय गन्तव्यहरुको प्रचार हुने र आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बढ्ने उहाँले बताउनुभयो ।


वार्षिक १३ लाख बढी पर्यटक नेपाल भित्रने गरेको तथ्याङ्क रहेपनि ताप्लेजुङमा अत्यन्तै न्युन पर्यटक आउने गरेको उहाँले बताउनुभयो । पोखरा, चितवन, लुम्बिनीजस्ता नेपालका धेरै पर्यटकीय गन्तव्यमध्ये ताप्लेजुङ पनि पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला हुँदाहुँदै पर्यटकको उपस्थिति गराउन नसकिरहेको अवस्थामा प्रकाशित फोटो पुस्तक पर्यटक उपस्थित गराउन र प्रवद्र्धन गर्नमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी बन्नुभएको प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले पनि कञ्चनजङ्घा हिमालसहित जिल्लामा थुप्रै सुन्दर र आर्कषक पर्यटकीय गन्तव्य रहेको बताउनुभयो । पर्यटकीय स्थलत साथै यहाँको साँस्कृतिक विविधता तथा प्राकृतिक सुन्दरतालाई समेत फोटो पुस्तक र अन्य माध्यमबाट प्रचारप्रसार गर्न सकेमा पर्यटन विकासमा ठूलो टेवा पुग्ने साम्सोहाङले बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद होमकुमारी साँबा, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
यता पुस्तकका लागि छनोट भएका १०१ फोटोमध्ये सर्बोत्कृष्ट, उत्कृष्ट, प्रथम, द्वितीय, तृतीय र सान्तवना सम्म छनोट गरी पुरस्कृत गरिएको ताप्लेजुङ विकास पत्रकार मञ्चका अध्यक्ष मनमणि काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार सर्बोत्कृष्ट छनोट भएको फोटोलाई २५ हजार रुपियाँ राशीको पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्टलाई ११ हजार १११, प्रथमलाई पाँच हजार ५५५, द्वितीय तीन हजार ३३३, तृतीय दुई हजार २२२, सान्तवनालाई दुई हजारका दर र १०१ मा छनोट भएका फोटोहरुलाई न्युनतम् एक हजार रुपियाँका दरले पुरस्कृत गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts