| |

डिभिजन वन कार्यालयद्वारा काठ बरामद

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ३२ ।
ताप्लेजुङस्थित डिभिजन वन कार्यालयले अवैध रुपमा कटान गरेको काठ बरामद गरेको छ । डिभिजन वन कार्यालयले जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङबाट चाँप र कटुस जातको चिरान गरेको काठ बरामद गरेको हो ।
डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार दुई ट्रयाक्टर चिरान काठ बरामद भएको छ । गोप्य सूचनाका आधारमा निमित्त डिभिजनल वन अधिकृत शाहकै नेतृत्वमा गएको टोलीले उक्त काठ बरामद गरेको जनाइएको छ । कटुस जातको काठ हाङ्पाङस्थित राष्ट्रिय वनबाट र चाँपको काठ स्थानीय सन्तोष कन्दङ्वा लिम्बूको खाली घरमा लुकाई राखेको अवस्थामा बरामद गरेको वन कार्यालयले जनाएको छ ।

यता बरामद भएको काठ ट्रयाक्टरमार्फत डिभिवन वन कार्यालयमा ल्याइएको छ । काठको नापजाँचको कार्य नसकिएकाले परिमाण भने यकिन भई नसकेको डिभिजन वन कार्यालयका फरेस्टर ध्वनीरामसिंह कुशवाहाले जानकारी दिनुभयो । कुशवाहाका अनुसार बरामद काठबारे अनुसन्धानको प्रक्रिया जारी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts